
काठमाडौं , श्रावण २४
क्यान्सर पीडित गुरुकुलका विद्यार्थीलाइ बिश्व हिन्दु परिषदले सहयोग गरेको छ । नुवाकोट घर भई हाल देवघाटधाम को गलेश्वर आश्रममा संस्कृत अध्यन गर्दै गरेका शिवराम कुइँकेल बाल्यकालमै वल्ड क्यान्सर जस्तो घातक रोगले पीडित भएका थिए । उन्को परिवारमा बुवाआमा कृषि पेशामा हुनुहुन्छ भने आर्थिक अवस्था निकै कम्जोर रहेको छ । उन्को बारेमा जानकारी पाए पछि बिश्व हिन्दु परिषदका केन्द्रिय महसचीव जितेन्द्र सिंहले पीडित युवालाइ काठमाण्डौ स्थित उनि बसेको निवासमा पुगेर रु २१,००० को आर्थिक सहयोग राशि उपलब्ध गराउनु भएको छ । उहाँ संगै सामजिक अभियन्ता अभिषेक जोशी र जय कृष्ण शर्माजी पनि उपस्थित हुनुहुन्थ्यो।
