सदरमुकाम चैनपुर जाेड्ने मुख्य सडक सेतिले बगायाे,अावतजावतमा समस्या

0
Quantam abroad studies

उत्तम कुमार थापा, बझाङ

जयपृथ्वी राजमार्गकाे खाेड्पे चैनपुर सडक खण्ड अन्तरगत जाले बगरमा सेती नदिले मुख्य सडक बगाएको छ ।

केही वेरदेखि आएकाे अविरल बर्षाले गर्दा सेती नदिकाे वाहव बढेपछि जयपृथ्वी राजमार्गकाे याे अङ्स बगाएको हाे । जिल्लामा जाेडिने याे मुख्य सडक बगाएपछि सदरमुकाम चैनपुर अाउन जान निकै कठिनाई भएको देखिन्छ ।

नदिले सडक बगाए पछि यातायातका साधानहरु दुवैको तिर ठप्प भएको छन भने बगाएको स्थानमा बैकल्पिक उपाएपनि नभएको देखिन्छ । अहिले विपद व्यावस्थापन समितिले सबैलाई सजक रहनअनुराेध समेत गरिसकेको छ । जिल्लामा जाेडिने सडक खण्ड अलि अलि वर्षा भए सँगसँगै अवरुद्ध हुने गर्दथ्ये भने आज ठप्प भए पछि सम्वन्धित निकायले अलि चासाे देखाएकाे हाे ।

बझाङ बाट धनगढी महेन्द्रनगर वा बाहिरी जिल्लामा यात्रा गर्ने यात्रुहरूले विगतका दिनहरुमा ठुलाे समस्या भाेग्नु परेको छ । सडक डिभिजन कार्यालय बैतडीले जिल्ला हेर्ने भए पछि त्यति चासाे नदिएकाे हुदा केदारस्यू गाउँपालीका काे नारुगाैडा , झनाना माेरीवगर,कचाली खाेला , तमैल जालेबगर ,सुवेडाका अधिकाश भागहरुमा यात्रुले ठुलाे समस्या खेप्नु परेकाे छ । सडककाे ठेक्का पाएका ठेकेदारकाे लापरबाहीका कारण, वित्थडचिर गाउँपालीका देखि केदारस्यूमा पिच गरिएको सडककाे पनि कखलाेपत्रे उप्कदै अाएकाे छ । ठेकेदारले स्टमेट अनुसार काम नगर्दा निर्माण गरेकाे ६ महिना नवित्दै खाल्डाखुल्डी र गरेको पिच उप्कदै गएको स्थानीयहरु काे अाराेप लगाएका हुन ।

बझाङ जिल्लाकाे केदारस्यू गाउँपालीका देखी चैनपुर सम्म डाेजर लगाएर सडक सफा नगरे सम्म यात्रुहरुले धाेका पाउने देखिन्छ । यसमा सम्वन्धित निकाय र जनप्रतिनिधिकाे ध्यानाकर्षण हुन जरुरी छ भने सडक डिभिजन कार्यालय बैतडीले जिल्लामा कुनै काम नगर्दा अझै समस्या देखिएको छ । सडक डिभिजन कार्यालय सुतेको हुदा बझाङ जाेडिने खाेड्पे चैनपुर सडक खण्ड मा यात्रुले दिनानुदिन दुख पाउने गरेका छन ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.