
कृष्णनगर , साउन २६ ,
कृष्णनगर नगरपालिकाले नगरभित्र कोरोना नियन्त्रण गर्ने कार्यमा उल्लेखनीय योगदान गर्नुभएका सुरक्षाकर्मी , जनतालाई सुसूचित गर्ने पत्रकार , सहयोगी संघसंस्था , आइसोलेसन तथा क्वारेन्टाइनमा खटिएका स्वास्थकर्मी , क्वारेन्टाइन ब्यवस्थापन र राहत बितरणमा खटिएका प्रतिनिधि लगायत नगरका कर्मचारीहरुलाई आज एक कार्यक्रम बीच प्रशंसा पत्र प्रदान गरेको छ । त्यस्तै सुरक्षाकर्मी तर्फ सशस्त्र प्रहरी प्रमुख डिएसपी सुशील कुमार शाही , नेपाल प्रहरी निरीक्षक प्रताप पौडेल र नेपाली सेनाका क्याप्टेनलाई मायाको चिनो सहित २८००० कादरले नगद पुरस्कर पनि दिएर सम्मानित गरिएको थियोे ।
