सिरहको नरहा गाउँपालिका आज राती १२ बजे देखि निषेधाज्ञा

0
Quantam abroad studies

सतेन्द्र यादव , श्रावन ३०

सिरहाको नरहा गाउँपालिकाले आज राती १२ बजे देखि निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।

कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलिइरहेका बेला नरहा गाउँपालिकामा जोखिम न्युनिकरण गर्नका लागि आज राती १२ बजे देखि भदौ ५ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा लगाउने भएको छ ।

नरहा गाउँपालिका लगायतका छिमेकी गाउँपालिका तथा नगरपालिकाहरु मा समुदाय स्तरमा कोराना भाइरसको संक्रमण बढन थाले पछी रोकथाम तथा नियन्त्रणको लागि यस गाउँपालिका भित्र सार्वजनिक यातायात बन्द गर्ने , बैंक तथा वित्तिय संघ संस्थाहरु समाजिक दुरी कायम गरि संचालन गर्ने निर्णय गरको हो ।

यसका साथै, गाउँपालिकाले हाट बजार, होटल, र अन्य पसल पूर्ण रुपमा बन्द गर्ने , अति आवश्यक सेवा औषधि पसल २४ घण्टा र खाद्यान्न , पानीको गाडी , ग्यास पसल, किराना पसल बिहान ८ बजे देखि ११ बजे सम्म मात्र खुल्ला राख्ने निर्णय गरेको हो ।

लकडाउन उलंघन गर्नेलाई नियमअनुशार कारवाही गर्ने समेत निर्णय गरिएको जनाइएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.