समुदाय स्तरमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीद्वारा निषेधाज्ञा जारी

0
Quantam abroad studies

उर्मिला यादव , परासी , साउन ३०

पश्चिम नवलपरासीमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले निषेधाज्ञा जारी गरेको छ । ब जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले साउन ३१ गते शनिबार राति १२ बजे देखि भदौं ६ गते राति १२ बजेसम्म सात दिन पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो।

बैठकले निषेधाज्ञा अवधिभर बमानिसहरुको जमघट , भेटघाट , कुनै प्रकारको बैठक , समिक्षा , गोष्ठी , सेमिनार, छलफल , भेला जस्ता सामुहिक जमघट कार्य नगर्न निर्देशन दिएको छ । यस्तै गरि धार्मिक स्थलहरुमा दैनिक नित्य , पुजा बाहेक अन्य गतिविधिहरुमा रोक लगाइएको छ भने चाडपर्व घरमै बसेर मनाउन अनुरोध गरिएको छ । निषेधाज्ञामा सरकारी एबं बैंक तथा वित्तिय संस्था‍मा विद्युतीय सेवा बाहेक सर्व साधारणको उपस्थितिमा गरिने सबै सेवा बन्द गरिएको जनाइएको छ ।
पछिल्लो पटक समुदायमै कोरोना भाइरसका संक्रमितको संख्या ब बढ्दै गएकाले संक्रमणको जोखिम अझ बढी बढ्न सक्ने संभावना रहेकाले नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनु भएको छ । यस्तै गरि सुनवल नगरपालिकाको स्थानीय बिपद् ब्यवस्थापन समितीकोले पनि यहि शनिबार राती १२:०० बजे देखी भाद्र ०६ गते राती १२:०० बजे सम्म सुनवल नगर क्षेत्र शिल गर्ने निर्णय गरेको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.