सतेन्द्र यादव , साउन ३०
सिरहा नगरपालिका वडा नं. ८ मा स्थित शिव मन्दिरको प्राङ्गणमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रम सिरहा नगरपालिका ८ का युवा रुपेश कुमार यादवको अध्यक्षता भएको थियो भने कार्यक्रमको उदघाट्न सिरहा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष नागेश्वर यादवले गरेका थिए ।
त्यस मन्दिर वरिपरि निम , असोक , मसला ( सफेता) , लगायत विभिन्न प्रजातिका बोट बिरुवाहरु लगाइएको थियो ।
वडा अध्यक्ष यादव ले युवाहरूलाइ प्रोत्साहन गर्दै सम्पुर्ण ब्यक्तिले आफ्नो निजि जग्गामा कम्तीमा पनि ५ बोट फलफुल र ५ बोट काठ उत्पादन को लागि लगाउनु पर्ने बताउनु भएको थियो। यसरी आफ्नो निजि १० बोट भएको खण्डमा फलफुल , काठ, दाउरा घरमै उत्पादन भै बन जङ्गल धाउन नपर्ने र बन जङ्गल जोगिने वडा अध्यक्ष नागेश्वर यादव को तर्क थियो ।
सो कार्यक्रममा मिथलेश गुरमैता , राजेश यादव, रुपेश यादव, शम्भु ठाकुर, मनोज यादव, बिजय साह लगायतको उपस्थिति रहियो ।