४५ मिनेट मै कोरोना परिक्षण गर्न सकिने प्रदेशको पहिलो ल्याबको उदघाटन

0
Quantam abroad studies

बुटवल , साउन ३०
प्रदेश नं• ५ कै पहिलो अत्याधुनिक ल्याब एक्सपर्ट एक्सप्रेस सार्स कोभ – २ को उदघाटन गरिएको छ ।

बुटवलमा रहेको लुम्बिनी प्रदेशिक अस्पतालमा प्रदेशका समाजिक बिकास मन्त्री शुदर्शन बराल ले त्यस ल्याबको उदघाटन गर्नु भएको छ । त्यस ल्याबमा रहेको मेसिनले ४५ मिनेटमै रिपोर्ट दिने हुँदा अबको दिनम कोरोना महामारी नियन्त्रणमा धेरै सहयोग पुग्ने आशा रखिएको छ । यो प्रदेश नं• ५ कै पहिलो यस खाले सुबिधा भएको मेसिन र ल्याब संचालनमा अएको हो ।

मन्त्री सुदर्शन बरालले आफ्नो स्वाब दिइ कोरोन परिक्षण गराइ उक्त ल्याबको उदघाटन गरेका हुन । ४५ मिनेटमै उहाँको रिपोर्ट नेगेटिभ आएको थियो ।

sahani furniture udyog

उदघाटन कार्यक्रममा बोल्दै मन्त्री बराल ले यस ल्याव को, संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको छ भने कोरोना संक्रमण परिक्षणको लागि कयौदिन कुर्नुपर्ने वाध्यताको अन्त्य भएको बताउनु भएको छ।

मन्त्री बरालले बताए अनुसार प्रदेश सरकारले कोरोना महामारी फैलिरहेको बेला समयमै परिक्षण गरि कोरोना भाइरस संक्रमित पत्ता लगाइ नियन्त्रण गर्ने हिसाबले तिव्रगतिमा ल्याबको ब्यवस्थापन गरिएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.