पर्वतको बिहादी गाउँपालिका वडा नंं. ५ उराममा नेकपाको वडा कमिटी बैठक सम्पन्न ।

0
Quantam abroad studies

अमृत भट्टराई / बिहादी,पर्वत
नेपाल कम्युनिस्ट पार्टी नेकपा बिहादी गाउँपालीका वडा नंं. ५ उराममा वडा कमिटी बैठक सम्पन्न गरेको छ । लामो समय देखि विश्वभर फैलिएको कोरोना भाइरसका कारणले बस्न नसकेको बैठक ५ महिना पछि बिहीबार उराममा बसेको हो ।
बैठकले बिहादी गाउँपपालीकामा वर्षाको समयमा बाढी पहिरो बाट प्रभावित जनताको घरघरमा पुगेर जनताको समस्य बुझ्ने र पार्टीले सहयोग गर्ने कार्यहरू अगाडि बढाउने विषयमा छलफल भएको नेकपा पर्वतका सदस्य बिहादीका युवा नेता ऋषि भुसालले जानकारी दिए ।
पछिल्लो समय बिहादीमा नेकपा निकै सक्रिय भएर जनताको घरघरमा पुगेर जनता को गुनासो सुन्ने र सम्बन्धि निकाय बाट समस्याको समाधान प्रयास गर्दै आएको पनि उनले बताए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.