नेपाली काङ्ग्रेसका नेता भण्डारीकाे पहलमा बाढिपिडितलाई लाखौंको सहयाेग,

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ

नेपाली काङ्ग्रेसका नेता भण्डारीकाे पहलमा बझाङका बाढी पीडितलाई लाखौंको सहयाेग भएको छ ।

काङ्ग्रेसका पुर्व पाटी सभापति समेत रहेका नेता सत्यराज भण्डारीकाे पहलमा विभिन्न अमेरिका देखि अन्य देश तथा विदेश बाट लाखौं रुपैयाँ सहयाेग भएको हाे ।

अविरल बर्षाकाे कारण सुदुरपश्चिम प्रदेशको विकट पहाडी जिल्ला बझाङकाे केदारस्यू गाउँपालीका वडा नम्बर ८ मल्लेसी देखि मष्टा गाउँपालीका वडा नम्बर १ र ३ मा बाढी पहिराेले धेरै धनजनको क्षेत्री गरेकाे समाचार सम्पेषण भए पनि अाफुले पहल गर्दै विभिन्न ठाउँवाट सहयाेगी हातहरुले पठाएको रकम वितरण गरेको एक कार्यक्रमका विच सत्यराज भण्डारीले बताए ।

sahani furniture udyog

नेता भण्डारीले काठमाडौ बाट बझाङ जिल्ला प्रवेश गरेपछि मल्लेसीमा रहत वितरण गरेका थिए भने,मष्टा गाउँपालीकामा पनि राहत स्वरुप रुपैया हस्तान्तरण गरेको युवा नेता बिर्ख बाेहराले बताए ।बाेहराका अनुसार नेता भण्डारीले जिल्लामा रहेकाे प्रत्येक स्थानीय तहमा गएर जनसमुदाय सँग भेटघाट गर्दै विभिन्न कार्यक्रम गरेकाे र धेरै जनसमुदायले पाटीमा प्रवेश गरेकाे उनकाे भनाइ छ ।

नेपाली काङ्ग्रेसका नेता तथा पुर्व पाटी सभापति समेतरहेका भण्डारी जिल्लामा अाएपछि जनसमुदायमा निकै खुसि छाउने गरेकाे एक स्थानीयकाे भनाइ छ । नेता भण्डारीकाे पहलमा र विभिन्न देश तथा विदेशमा रहेका दाजुभाइ चथा दिदीबहिनीहरुकाे अार्थिक सहयाेगमा अहिले सम्म ३ लाख ४९ हजार बराबरको राहत वितरण भैईसकेकाे अझै ४/५ लाख रुपैयाँ अाउने तयारी भएको नेता सत्यराज भण्डारीले बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.