विजयनगरले समुदायस्तरमा कोरोना सङ्क्रमण रहे नरहेको पत्ता लगाउन स्वाब संकलन गर्दै ।

0
Quantam abroad studies

कपिलवस्तु / विजयनगर , २९ साउन
कपिलवस्तुको विजयनगर गाउँपालिकाले समुदायस्तर मा कोरोना सङ्क्रमण रहे नरहेको पत्ता लगाउन स्वाब संकलन गर्ने भएको छ ।विजयनगर गाउँपालिका भित्र बढी जनसम्पर्क मा रहेका व्यापारी , उद्योगी व्यवसायी , हाल सालै भारत लगायत अन्य मुलुक बाट आएका व्यक्तिहरु , कोरोना भाइरस सँग मिल्दो जुल्दो लक्षण देखिएका संकास्पद व्यक्तिहरु , जनप्रतिनिधी र कर्मचारीहरुको स्वाब संकलन गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले विहिवार एक सुचना जारी गर्दै सम्बन्धित सबैलाई यहि साउन ३१ गते शनिबार गाउँपालिकाको वडा नम्बर ७ स्थित लौटनराम द्रौपदी देवी माध्यमिक विद्यालय गणेशपुरमा उपस्थित भई स्वाब संकलनमा सहभागी हुन अनुरोध गरेको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.