सामुहिक राजिनामा दिने स्वास्थ्यकर्मीहरुले दिए चेतावनी

0
Quantam abroad studies

कपिलवस्तु , साउन २९
गत शनिबार साउन २४ गतेका दिन चिया पोखेर घाइते भएकी बलिका को तौलिहवा स्थित कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थिए। त्यस पश्चात पीडित पक्ष ले अस्पतालको इमर्जेन्सी वार्डका कर्मचारीको लापरबाहीका कारण बलिकाको मृत्यु भएको भन्दै बालिकाको शव लिएर प्रदर्शन गर्दै दोषीलाइ कारबाही एवं क्षतिपूर्ति को माग गरेका थिए ।

sahani furniture udyog

स्थिति समान्य पार्दै जिल्ला प्रशासन कार्यालयले त्यस घटनाको छानबिनको लागि समिति बनाएको थियो । त्यसै घटना को सम्बन्धमा आज अस्पताल कर्मचारीको तर्फ बाट एक प्रेस बिज्ञप्ति जारी गरिएको छ । त्यस बिज्ञप्तीमा अस्पताल र अस्पतालको कर्मचारी माथि लगाइएको सम्पूर्ण आरोप को खण्डन गरिएको छ । अरोप खण्डन गर्नुका साथै अस्पतालको कर्मचारीको माथि मृतक बालिकाको पक्ष बाट कर्मचारी माथि हातपात एवं दुव्र्यवहार भएको बताइएको छ ।
यसैगरी अस्पतालको CCTV क्यामरामा अस्पतालका कर्मचारी माथी हातपात भएको देखिएको छ । स्थलगत निरीक्षणको क्रममा प्रमुख जिल्ला अधिकारीलाइ CCTV फोटेज देखाउदा प्रष्ट रुपमा आफुहरु माथि हातपात गरेको देखिएता पनि अझै सम्म कारबाही नभएको भन्दै गुनासो गरिएको छ । मेडिकल , प्यारामेडिक लगायत अन्य कर्मचारी असुरक्षित भएपछि मात्र त्यहाँ बाट भागेको बताइएको छ भने हातपात गर्नेलाइ कारबाही गर्न अस्पतालका कर्मचारीले मौखिक एवं लिखित निवेदन दिइ सक्दा पनि अझैसम्म प्रशासनले दोषीलाइ कारबाही नगरेकोले आफुहरु आन्दोलन गर्न बाध्य हुने जनाइएको छ ।

यसका साथै कोरोना महामारीका बीच दिनरात जोखिम मोलेर खटेका अस्पतालका कर्मचारीको सुरक्षाको प्रत्याभूति नभए सम्म अतिआवश्यक इमर्जेन्सी सेवा बाहेक अन्य सेवा सुबिधा दिन नसक्ने निर्णय गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस बिज्ञप्तिमा उनीहरुको माग पुरा नभएको खण्डमा थप आन्दोलित भै सामुहिक राजिनामा दिने सम्मको चेतावनी दिइएको छ भने देशभरका चिकित्सक संग समर्थन गरि सहयोग गर्न आह्वान गरिएको छ ।
बिज्ञप्तिमा मृत्यु भएकी बालिका प्रति दुख व्यक्त गरिएको छ भने त्यो बिज्ञप्ति कपिलवस्तु अस्पतालको लेटर पेडमा अस्पतालका सम्पूर्ण कर्मचारीको तर्फ बाट बिज्ञप्ति निकालिए को छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.