बिष्णुपुर , सिरहा । करोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको वेला बिष्णुपुर गाउँपालिका पनि आज देखि लकडाउन गरिएको छ ।
करोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिरहेको कारणले बिष्णुपुर गा.पा.ले संक्रमणको जोखिम न्युनिकरण गर्नका लागि साउन २८ गते देखि लागु हुने गरी साउन ३२ राती १२ : ०० बजे सम्म लकडाउन गरिएको सूचना जारी गरिएका छन् ।
लकडाउन अबधिभरमा अती आवश्यक सेवा ऐम्बुलेन्स, औषधी पसल , दुध ढुवानी गाडी , खानेपानी फोहर मैला ब्यवस्थापन जस्ता अती आवश्यक कार्य संचालन वाहेक अन्य सबै सेवा बन्द गरिएका छन् ।
साथै बिष्णुपुर गाउँपालिका अन्तर्गत हाटबजार,सभा समेलन व्यवसाय होटल , रेष्टुरेन्ट, निजि, सरकारी कार्यालय तथा बैंक वितिय संस्था लगायत निजि सवारी साधन समेत बन्द गर्न आग्रह गरिएका छन् ।
लकडाउन अभधिभर भिडभाड नगर्न र नगराउन, स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना तथा सम्बन्धित कार्यालयमा कम आवतजावत गर्नका लागि गा.पा.ले अनुरोध गरेका छन् ।