कोरोनाको नाममा नगर प्रमूखले ५० लाखभन्दा बढिको अनियमिता गरेको युवा नेता राहुल मंडल को आरोप

0
Quantam abroad studies

नबिन यादव , साउन २८

सप्तरीको क्षेत्र नम्बर १ अन्तर्गत हनुमाननगर कंकालनी नगरपालिकाका नगर प्रमुख शैलेश साह ले करोनाको नियन्त्रणमा एवम् बिकासका काममा खर्च गरेको भनिएको ५० लाख मा अनियमिता गरिएको युवा नेता राहुल मंडल ले आरोप लगाएका छन् ।

कृषि कार्यक्रम , नदि नियन्त्रण , भौतिक पुर्वधार विकास लगायतको काम काजमा अनियमिता गरेको आरप लगाएका छन् । हनुमाननगर बजारमा कोरोना संक्रमण फैलिरहेको यस अवस्थामा समेत कुनै किसिमको बजार व्यवस्थापन गर्न नसकेको कारण जन प्रतिनिधि लगायत सम्पुर्ण आम जनताले गुनासो गरि रहेको युवा नेता मंडल ले बताएका छन् ।

sahani furniture udyog

नगर प्रमुख साह हनुमाननगर कंकालिनी नगरपालिकाले यस महामारी रोग कोरोनाको नाममा हाल सम्म गरेको खर्चमा ५० लाखको अनियमितता गरेको आरोप लगाउदै युवा नेता मंडल ले हामीले अर्थिक बिवरण सार्वजनिक गर्नको निम्ति बारम्बार लिखित रूपमा निवेदन दर्ता गराई रहँदा पनि हाल सम्म खर्च सार्वजनिक नगरेको जनाएका छन् ।

नेता मंडल आक्रोशित हुदै प्रदेश नम्बर २ को समाजिक विकास मन्त्रि नवल किशोर साह को छोरा रहेका नगर प्रमुख साह ले गर्दा सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा कोरोना संक्रमण बढन सक्ने सम्भावना प्रबल रहेको बताउदै ५० लाख खर्च भैसकेको बताउने मेयर ले अहिले सम्म pcr टेस्ट गर्ने ब्यवस्था समेत मिलाउन नसकेको दुखेसो पोखेका छन् ।

संक्रमित हनुमाननगर क्षेत्रमा कम्तीमा एक घर एक पिसिआर को जेकजाच गरि जनतालाइ कोरोना संक्रमणको सम्भाभित खतरा बाट बचाउन प्रयास गर्नु पर्ने युवा नेता रहुल कुमार मंडल बताउनु भएको छ।

Leave A Reply

Your email address will not be published.