तौलिहवामा भारतीय नागरिकको करेन्ट लागेर मृत्यु

0
Quantam abroad studies

कपिलवस्तु , साउन २८
एक जना भारतीय नागरिकको कपिलवस्तु नगरपालिका – ३ स्थित धनौराटोलमा करेन्ट लागेर मृत्यु भएको छ । पंखामा बाट केरन्ट लाग्दा भारतको बिहार घर भएका ५० वर्षीय प्रेम पासवानको मृत्यु भएको हो ।

बुधबार राती २ – ३ बजेको बिचमा घर बाहिर बरन्डामा सुतिरहेका पासवान राति पानी आएपछि पंखा घर भित्र लैजाने क्रममा उनलाई करेन्ट लागेको र तत्कालै घटना स्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

उनको श्रीमती र एक छोरा रहेका छन् भने उनि बिगत ५-६ बर्ष देखी बाजाबजाउने पेशा गरि जिविका चलाएका थिए । उनि धनौराटोलमा कोठा भाडामा लिइ बस्दै आइरहेका थिए ।

प्रहरीलाइ खबर नगरी उन्को अन्तेस्टि समेत गरिसकेको स्थानीयले बताएका छन् ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.