कृष्णनगर सिमा मा बरामद २४ लाख को अनुसंधान जारि

0
Quantam abroad studies

कपिलवस्तु , कृष्णनगर २८
साउन कृष्णनगर सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा. बाट खटीएको टोलीले विहान पौने ५ बजे चेकजाँचको गर्ने क्रममा कृष्णनगर नगरपालिका वडा नं.१ स्थित लक्ष्मी राईस मिलको पछाडी बाट अवैध २४ लाख ५० हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।
भारत तिर बाट झोला बोकी आइरहेको ब्यक्तिलाई शंकाको आधारमा प्रहरीले चेकजाँच गर्न खोज्दा ती व्यक्ति अचानक भागेको प्रहरी नावय उपरिक्षक शुशिल कुमार शाहीले जनाउनु भयो । ती व्यक्ति भारत तर्फ भागेको बताइएको छ ।

झोला खोलेर चेक गर्दा ५०० रुपैयाँका ४९ सय थान भारतीय नोट रहेको थियो । सेनेटाइजर र उच्च रक्तचापमा प्रयोग हुने औषधीमा त्यो रकमलाई लुकाएर राखिएको थियो । २४ लाख ५० हजार भारतीय रुपैयाँको ३९ लाख २० हजार रुपैयाँ नेपाली रुपैयाँ हुन आउँछ ।

बरामद भएको रकम राजश्व अनुसन्धानन कार्यालय बुटवल लगिने छ भने औषधी गुल्ममै नष्ट गरिने शाहीले बताउनु भएको छ ।
फरार कारोबारीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । कारोबारमा अरु पनि संलग्न हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.