बुटवल , साउन २८
कपिलवस्तु जिल्लाको लक्षण देखिएको दुइ जनाको मृत्यु भएको । उनिहरुको लुम्बिनी धागो कारखाना स्थित कोरोना अस्पतालमा मृत्यु भएको हो ।मृत्यु हुनेमा जिल्ला सदरमुकाम तौलिहवाको जमुवारटोल का ४२ वार्षिय राजु भनिने कृष्ण गुप्ता र कृष्णनगर नगरपालिका – १० का २५ वार्षिय प्रदिप तेलि को मृत्यु भएको हो । जमुवारटोलका गुप्ताको कोरोना संक्रमण पुष्ठि भएता पनि कृष्णनगरका तेलि को रिपोर्ट अझै सम्म आइनसकेको स्रोतले जनाएको छ । यस्का साथै तौलिहवा मस्जिद टोलका मासु ब्यापारी सहित सागरटोलका एक जनाको अवस्था गम्भीर रहेको छ ।