सुरही नदीको कटानले उब्जाउभुमि बगरमा परिणत हुँदै

0
Quantam abroad studies

कपिलवस्तु , साउन ३२
कृष्णनगर नगरपालिका वडा नं.१० औरहवा गाऊको पूर्व बगेको सुरही नदीको कटानले गर्दा सैकडो बिगहा उब्जाउ भुमि बगरमा परिणत हुँदै जादा किसानहरु चिन्तित भएका छन । औरहवा गाउँको सीमानामा लगभग २ किलो मिटर दूरीमा बगेको नदी मध्ये लगभग ५०० मिटरमा नदीले कटान गरिसकेको छ। यो बर्ष नदीमा पटक पटक बाढी आइरहेको छ र तेज बाढीले तट कटान गर्दै गर्दा गाउँ समाजले बनाएको चिहान समेत कटानमा परेर नदीमा बगेको अवस्था समेत रहेको छ ।
स्थानीय किसानहरुको भनाईनुसार यदि सरकारवा सम्बन्धित निकाले यो कटानप्रति चासो देखाएनन् भने अर्को बर्षा याममा नदीको मुहान पश्चिम तर्फ फेरिने अनुमान समेत गरिरहेका छन। नदीको मुहान पश्चिम तर्फ फेरियों भने सयौ किसानहरुको खेती योग्य भूमिमा ठूलों नोक्सानी भई गाउँमा बाढी आउने सम्भावना समेत खतरा रहेको स्थानीय किसान अनारुल खाँले बताएकाछन् । नदी कटान नियन्त्रणको लागि समयमा स्थलगत निरीक्षण गर्नु पर्ने सबै उपायहरु गरी सयौ किसानको खेतीयोग्य भूमि जोगाउनको लागि सम्बन्धित निकायवालाहरु उक्त गाउँका किसानहरुले ध्यानाकर्षण गर्न अनुरोध गरेका छन ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.