एमबीबीएसका विद्यार्थी माथी धारिलो हतियारले प्रहार

0
Quantam abroad studies

नबिन यादव , साउन ३२

सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना मेडिकलका विद्यार्थी गम्भिर घाइते भएका छन् ।

जिल्लाको राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने समान्य विषयलाइ लिएर दुइ पक्ष बिच भएको झगडामा स्थानीय नजाम खानका छोरा १९ वर्षिय उमर खान गम्भिर रुपमा घाइते भएका हुन् ।

sahani furniture udyog

शौचालयको पानी निकाल्ने विषयमा विवाद बढदै गए पछि दुबै पक्ष बिच हानाहानको परिस्थिति सिर्जना भएको थियो । स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले घरेलु धारिलो हतियार प्रयोग गरि उमर माथि प्रहार गरि गम्भीर घाइते बनाएको बताइएको छ ।

हाल एमबीबीएसमा को बिद्यार्थी रहेका उमरको गम्भीर अवस्थामा अहिले राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गराइएको छ ।

घटनाको खबर पाए पछि घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.