राजनीतिक खिचलो मा फसेको नेपाल तारा माविले व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी रणबहादुर आलेलाई दियो ।
अमृत भट्टराई/ बिहादी, पर्वत ।
पर्वतको बिहादी गाउँपालिका वडा नम्बर ३ रानीपानी माझगाउँमा रहेको नेपाल तारा माविले लामो समय पछि विद्यालय व्यवस्थापन को अध्यक्ष पाएको छ । करिब ६ महिना देखि अध्यक्ष विहीन रहेको माविले आज अध्यक्ष पाएको हो ।
बिहादी गाउँपालिका ३ का वडा अध्यक्ष रण बहादुर आलेलाई सबै विद्यालयका अभिभावक ले सर्वसम्मत अध्यक्ष चयन गरेका हुन्न । लामो समयसम्म राजनीति कारणले नै अध्यक्ष नपाएको विद्यालयले आइतबार अध्यक्ष पाएको हो ।
यश अगाडि विद्यालयको समितिमा अनिल मास्के , मनरुपा नेपाली , रत्नबहादु कुवर (शिव ) सवित्रा शर्मा रहनु भएको थियो । विद्यालयको अध्यक्ष आले बने सँगै समितिले पुर्णतः पाएको बताइएको छ । अध्यक्ष नहुदा विद्यालयले शिक्षक उपलब्ध नगराउदा नेपाल तारा माविका कक्षा ११ र १२ का विद्यार्थीले बिद्यालय बन्द समेत गरेका थिए भने विद्यालयका विकास निर्माणका काम पनि अलपत्र जस्तै देखिएको थियो । नेपाल तारा माविमा बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरका र ३ रानीपानीका विद्यार्थी पढ्दै आइरहेका छन् ।