राष्ट्रिय झन्डा जल्नुमा ठुलो षड्यन्त्र , छानबिन गरि कारबाही गर्न माग – सिंह

0
Quantam abroad studies

काठमाडौं, भदौ २
युट्युवमा नेपालको राष्ट्रिय झन्डा जलाउने जातीय सद्भाव विरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको गीत सार्बजनिक भएपछि चौतर्फी बिरोध भएको छ ।

`देशद्रोही ’ शीर्षकको उक्त गीत ‘ मंगोल हप अफिसियल ’ नामक च्यानल बाट सोमबार अपलोड भए लगत्तै समाजिक संजालमा चौतर्फी बिरोध भएको छ ।

त्यस गितम रास्ट्रबिरोधि , जाति बिरोधि र धर्म बिरोधि आपत्तिजनक शब्दहरु प्रयोग गरिएको छ भने राष्ट्रिय झन्डाको अपमान गर्दै जलाइएको छ । यस घटनाको चौतर्फी बिरोध भैरहेकै बेला बिश्व हिन्दु परिषद का केन्द्रिय महासचिव जितेन्द्र सिंह ले उक्त गितलाइ प्रतिबन्ध लगाइ दोषी उपर तत्काल कडा कारबाही गर्न माग गरेका छन् ।

यस भिडियोमा बुद्ध , प्रचण्ड , केपि ओलि, गिरिजा प्रसाद कोइराला र भारतीय नेता भिमराव अम्बेडकर को फोटो लिइ झन्डा जलाइएको छ । झन्डा जलाए पश्चात पुस्पकमल दहाल प्रचण्ड , केपि वलि , गिरिजा प्रसाद कोइराला लगायत को फोटो नि जलाइएको छ । यसले प्रष्ट हुन्छ त्यो भिडियो सार्बजनिक गर्ने समुह कुनै संघसंगठनको सहयोगमा ठुलो षड्यन्त्र गरिरहेको छ बताउदै महासचिव सिंह ले सरकार संग यस भिडियोलाइ प्रतिबन्धित गरि भिडियो बनाउने समुहको बारे बिस्तृत छानबिनको माग गरेका छन् ।

सिंह ले बिगतका दिन संगै तुलना गर्ने हो भने देशमा रास्ट्र बिरोधि , हिन्दु धर्म बिरोधि र जातीयता भडकिने गतिविधि बढेको छ । सरकारले यस्ता खाले गतिविधिको छानबिन गरि दोषीलाइ कानुनी दायरामा ल्याइ यस्ता मान्सिकतालाइ निरुत्साहित नगरेको खण्डमा बिश्व हिन्दु महासंघ ले यसका विरुद्ध ठुलो आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.