कोरोना लागेर काङ्ग्रेस उप सभापतिको मृत्यु ।

0
Quantam abroad studies

रबिन्द्र यादव ,भदौ २

कोरोना बाट भाइरसको संक्रमण बाट नेपाली कांग्रेसका जिल्ला उपसभापतिको निधन भएको छ । नवलपरासी सुस्ता पश्चिमका ३९ बर्षिय उपसभापति शुभाषचन्द्र गिरीको कोरोना को कारण निधन भएको हो ।

उनी नेपाली कांग्रेसमा समायोजना हुँदा विजयकुमार गच्छदार को फोरम लोकतान्त्रिकबाट आएका थिए ।

केही समय अगाडि पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गरेका उनलाई हप्ता दिन अगाडिमात्रै कोरोना पोजेटिभ देखिएको थियो ।

उनको पित्तथैलीको अप्रेशन भैरहवा मेडिकल कलेजमा भएको थियो । अप्रेशन गरेर फर्किएपछि उनलाई कोरोना संक्रमण देखिएको थियो ।

त्यसपछि उनलाई कोरोना अस्पताल बुटबलमा लगिएको थियो । त्यहाँ बाट हेलिकोप्टर बाट काठमाडौं आउन खोज्दा हेलिकोप्टर समेत नपाएको पारिवारिक स्रोतले बताएको छ ।

त्यसैगरी एम्बुलेन्ससमेत नपाएपछि नवलपरासीबाट एम्बुलेन्स मगाएर काठमाडौं आएका थिए ।

उनलाई थप उपचारका लागि साउन ३० गते ललितपुरको पाटनमा ल्याइएको थियो ।तर भदौ १ गते सोमबार भेन्टिलेटर मा राखिएको थियो । उनको मंगलबार बिहान मृत्यु भएको हो भने आजै आर्यघाट काठमाडौमा साझ ६ बजे प्रशासनले अन्तिम दाहसंस्कार गर्ने प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कंडेलले जानकारी दिए ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.