कपिलवस्तु नगरपालिका द्वारा तिन निर्णय सहित कोरोना ब्यवस्थापन खर्चको बिवरण सार्बजनिक

0
Quantam abroad studies

कपिलवस्तु , भदौ २
मंगलबार कपिलवस्तु नगरपालिका को बोर्ड बैठक ले महत्त्वपूर्ण निर्णयहरु गरेको छ । बोर्ड बैठकमा विभिन्न ५ प्रस्ताव माथी छलफल गर्दा ३ वटा महत्त्वपूर्ण निर्णय गरिएको छ । कपिलवस्तु नगरपालिका कोरोना संक्रमित को हिसाबले अति जोखिम पालिका मध्ये रहेको हुँदा यस नगर भित्रका कोरोना संक्रमितको कपिलवस्तु अस्पतालमा उपचार सम्भव नभई देशको अन्य ठाँउमा उपचार गराउन पर्ने स्थितिमा बिपन्न , दलित , मुस्लिम र जनजाति समुदायको ब्यक्तिको उपचार खर्चको आधा रकम नगरपालिकाले उपलब्ध गराउने निर्णय गरेको छ ।

यसैगरी कपिलवस्तु नगरपालिकामा कार्यरत जनप्रतिनिधि, स्थायी , अस्थायी र करार कर्मचारीहरुको कोरोना बिम गर्ने रकम प्रति ब्यक्ति रु ३०० उपलब्ध गराउने र खुट्टा फ्याकचर भइ उपचाररत संचारकर्मी सोना खटिकलाई उपचार खर्च बापत रु १०, ००० रकम उपलब्ध गराउने निर्णय गरेको छ।

sahani furniture udyog

यस्तै गत बर्ष कोरोनामा महामारीमा खर्च भएको ९१ लाखको खर्च बिवरण समेत सार्वजनिक गरेको छ । कोरोना ब्यवस्थापन को सन्दर्भमा विभिन्न ९ शिर्षकमा गरि कुल ९१ लाख ८३ हजार ९२९ रुपैयाँ खर्च भएको बताइएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.