महासंघ द्वारा सन्त हत्या गर्ने दोषीलाइ कारबाहीको माग

1
Quantam abroad studies

काठमाडौं , भदौ ४

भदौ ३ गते बुधबार राती रौतहट जिल्लको माधव नारायण नगरपालिका वडा नं. २ खेसरहिया बजारमा स्थिति हनुमान मंदिरका महंन्थ श्रीराम साहको राति करिब ०९:१५ मिनेट को समयमा खाना खादै गरेको अवस्थामा अपराधीक समुहले निर्ममतापुर्णक गोलि हानि हत्य गरेको प्रति नेपाल बिश्व हिन्दु महासंघ को गम्भीर ध्यानाकर्षण भएको प्रेेेस बिज्ञप्ति मार्फत जनाएको छ ।

उक्त बर्बरतापुर्ण एवं अमानवीय घटनाको घोर भत्सर्ना गर्दै उक्त घटनाको छानबिन गरि दोषी उपर कारबाही गर्न संघीय सरकार र प्रदेश नं. २ सरकार संग नेपाल बिश्व हिन्दु महासंघ ले माग समेत गरेको छ ।

sahani furniture udyog

महासंघ का केन्द्रिय महासचिव रामनाथ मैनाली र केन्द्रिय सचीव अभिषेक तिवारी ले हस्ताक्षर गरि यस अमानवीय घटनाको बिरोध गर्दै प्रेस बिज्ञप्ति निकालेका छन् ।

बिज्ञप्तिमा हत्या गरिएका सन्त श्रीराम साह प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल सबै सनातनिलाइ धैर्य धारणा गर्ने क्षमता मिलोस भनि भगवान् पशुपति नाथ संग प्रथना गरिएको छ ।

बुधबार राति भएको उक्त घटनामा हनुमान मन्दिरका महन्थ ६५ वार्षिय श्रीराम साहलाइ गोलि लागे पश्चात घटना स्थलमै मृत्यु भएको थियो । उन्को हत्या पछि अपराधी फरार भएका थिए ।

sahani furniture udyog
  1. केरुङ says

    आफ्नाले नै ठोकेका हुन् कि भरोषा छैन इनिहरुको…कति बर्ष पो भयो हो एकजना धुन्धुकारी ले आफै लाइ गोली हान्न लाएर मंगोल मोर्चा ले गोलि हान्यो भन्ने…तिनको खोजि तत्काल हुनुपर्यो ।

Leave A Reply

Your email address will not be published.