जिल्लामा रोकिएन कोरोना संक्रमण हजार नाघ्यो

0
Quantam abroad studies

कपिलवस्तु , भदौ ४
कपिलवस्तुमा समुदायस्तरमा कोरोना फैलिने क्रम रोकिएको छैन । यस्तै बिहिवार जिल्लामा थप २४ जना कोरोना पोजेटिभ पुष्ठि भए संगै जिल्लामा संक्रमितको संख्या १ हजार ६ पुगेको छ । जिल्लामा संक्रमणको गति तीब्र रहेको हुँदा यसलाई रोक्न विभिन्न पालिका बाट पठाइएको नमुना जाच गर्दा कपिलवस्तुमा थप २४ जनामा पोजेटिभ देखिएको हो ।

यसैगरी थप २४ पोजेटिभ देखिएका मध्ये प्रहरी , विद्यार्थी , ब्यापारी , बैंक , भन्सार , हुलाक लगायतका कर्मचारी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले बताएको छ ।

संक्रमित मध्ये कृष्णनगर नगरपालिका क्षेत्रमा कार्यरत १० जना प्रहरी , ३ जना ब्यापारी , १ जना गृहणी , भन्सारका १ जना , हुलाकका १ जना , नेपाल बैंक लि. १ जना र अन्य ३ जना समुदायस्तरमा रहेका छन् ।

कृष्णनगर बाट संकलन गरिएको कुल ३२९ जनाको नमुना जाँच गर्दा २४ को पोजेटिभ , ८७ नेगेटिभ र अन्य २१८ को नतिजा प्रतीक्षामा रहेका छन् ।

जिल्लामा दिन प्रति दिन कोरोना संक्रमितको संख्या बढदै जादा जिल्ला बसि चिन्तित बनेका छन् । कोरोनाका कारण जिवन भएको लकडाउनका कारण रोजगारी गुमाएका र निम्न परिवार चौतर्फी मारमा परेका छन् । घर बाहिरा जाउन त लकडाउन र कोरोना नजाउन भने भोकले मर्ने चिन्ता रहेको छ ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.