दलितहरु माथि हुने गरेका हिंसाका दोषीहरुलाई कार्वाही होस

0
Quantam abroad studies

( प्रेस विज्ञप्ति)
यही २०७७ साउन ३२ गते रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नंबर ८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाटी रेटेर हत्या गरेको अवस्थामा लाश भेटिएको थियो । सो लाश शंकाष्पद भएकोले मृतकका आफन्तहरुले किटानी जाहेरी दिन खोज्दा प्रहरीले उजूरी लिन मानेको थिएनन् । किटानी जाहेरी गर्न गएका केही दलित अगुवाहरु लाई प्रहरीले नियन्त्रणमालिई धम्की समेत दिएको थियो ।

स्थानीयहरुको ठूलो दवाव पछि किटानी जाहेरी लिन प्रहरी बाध्य भएको थियो । सो दबाव पछि प्रहरीले हत्याको आरोपमा विजय राम सहित सात जनालाई पक्राउ गरेको थियो। हत्याको मुख्य दोषीको नाममा किटानी जाहेरी गर्दा गर्दै निजलाई जोगाउन प्रहरीले उल्टै निरञ्जनका आफन्त पर्ने विजय रामलाई पक्राउ गरी चरम यातना दिएको स्थानीयको आरोप छ । विजय राम घाटी रेटी हत्या गरिएका निरञ्जनका आफन्त हुन । निज विजय रामलाई निरजनको हत्या आफूले गरेको हो भन्ने स्वीकार गर्न बाध्य पार्नका लागि प्रहरी हिरासत मा उनीमाथि चरम यातना दिइएको थियो । यातनाका कारण निज विजय रामको शरीर भरि डाम हुनुका साथै दिशा पिसाब बाट रगत आउन थालेपछि उपचारको लागि स्थानीय हस्पिटल मा लगिएको थियो ।

स्थानीय हस्पिटलले अन्त्यै रिफर गरे पछि वीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । निज विजय रामको प्रहरीको निगरानीमा उपचारको क्रममा मिति २०७७।५।१० गते राति मृत्यू भएको घोषणा गरिएको छ । प्रहरीले उपचारको क्रममा निज विजय रामलाई उनका आफन्त तथा अन्य कुनैपनि सरोकारवालहरुलाई भेटघाट गर्न दिइएको थिएन । विजयको मृत्यू भएको खबर पनि आफन्त तथा अन्य अगुवाहरुले आज विहान संचार माध्यमबाट मात्र जानकारी पाएका थिए। यसरी नेपाल प्रहरीको हिरासतमा रहेको व्यक्तिको मृत्यू हुनु गम्भिर मानव अधिकारको हन्नका घट्ना हो । नेपाल प्रहरी जस्तो जिम्मेवार निकाय बाट हुन गएको यस खाले लापर्वाही र गैर जिम्मेवारपूर्ण व्यवहार प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

sahani furniture udyog

त्यसैले घट्नाको सत्यतथ्य छानवीन गर्न सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौं । यस अघि धनुषाका शम्भु सदा र सिन्धुपाल्चोकका चन्द्रबहादुर मग्राती (सार्की)को पनि प्रहरी हिरासतमा शंकाष्पद मृत्यू भएको थियो । सप्तरीमा त्रिभुवन रामका हत्या सिरहामा रोशन रामको हत्या रुकुमपश्चिम नरसंहारपछि तराई मधेशमा एकपछि अर्को हत्याका घट्नामा आएको बृद्धि र इलाम , झापा , कैलाल , कालिकोट लगायतका स्थानमा दलित समुदा माथि हत्या हिंसा द्धारा घटेका घट्नाहरु प्रति गम्भिर भएर आवश्यक कदम चाल्न नेपाल सरकार सग जोडदार माग गर्दछौं ।


राम शरन रैदास दलित सामाजिक विकास केन्द अध्यक्ष मिति २०७७ भाद्र १२ गते

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.