प्रेस सेन्टरद्धारा कोरोना संक्रमण बिच फिल्डमा खटेका पत्रकारको पूर्णस्वास्थ्य सुरक्षाको प्रवन्ध गर्न माग (विज्ञप्तीसहित)

0
Quantam abroad studies

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि सूचना , सञ्चार मार्फत योगदान गरिरहेका आम सञ्चारकर्मिहरु प्रति सम्मान ज्ञापन गर्दै प्रेस सेन्टर नेपालले फिल्डमा खटेका सम्पूर्ण पत्रकारहरुको पूर्ण स्वास्थ्य सुरक्षाको प्रवन्ध गर्न सरकार समक्ष माग गरेको छ ।

प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीले आज एक विज्ञप्ती जारी गर्दै निरन्तर नागरिकमा सूचना, समाचार सम्प्रेषणको पेशागत कर्ममा जुटिरहेका पत्रकार, सञ्चारकर्मिहरु को योगदानलाई राज्यसंयन्त्रले स–सम्मान स्विकारेर पूर्णतया स्वास्थ्य सुरक्षाको प्रवन्ध मिलाउनु पर्ने माग गरेका हुन ।

प्रेस सेन्टरका अध्यक्ष जैसीले सरकारले कोरोना नियन्त्रणको अभियानमा अग्रपंक्तिमा रहेर काम गरिरहेका पत्रकार, सुरक्षा निकाय, चिकित्सा क्षेत्र, सामाजीक व्यक्तित्व सबैको योगदान लाई सम्मान गर्न नसकेको उल्लेख गर्दै समाचार, सूचनाको काममा जुटेका सबै पत्रकारहरुको लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन ।

साथै उक्त विज्ञप्तीमा प्रेस सेन्टर नेपाल , प्रदेश नम्बर पाँच अन्तर्गत रुपन्देही जिल्ला समितिका अध्यक्ष एवं सक्रिय पत्रकार सुरेश कुमार पाण्डेंय विगत दुई दिनदेखि बिरामी रहेको र उनमा उच्च ज्वरो र टाउँको दुख्ने समस्या देखिएको उल्लेख गर्दै अध्यक्ष जैसीले शिघ्र स्वासथ्य लाभको कामना समेत गरेका छन ।

पत्रकार पाण्डेंयले अहिले डाक्टरको सल्लाह अनुसार औषधि लिइरहेको र घरमा आराम गरिरहेको बुझिएको छ। पछिल्लो चरणमा फिल्डमा खटिने पत्रकारहरुको स्वास्थ्य जाँच गर्ने सम्म सरकारले ध्यान नदिएको भन्दै विभिन्न संघ , संगठन र सञ्चारकर्मिहरले समेत सामाजिक सञ्जालहरुमा गुनासो गर्ने गरेको पाइन्छ ।

sahani furniture udyog

उक्त विज्ञप्तीमा भनिएको छ–‘आम नागरिकलाई वर्तमान अवस्थाको विषयमा जानकारी दिने, कोरोना विरुद्धको लडाईला उच्च मनोवलका साथ जित्न हौसला दिने र मनोरञ्जनात्मक तथा सम्पूर्ण सूचना, समाचार, जानकारी सम्प्रेषणको जिम्मेवारीलाई आत्मसाथ गर्दै निरन्तर काममा जुटेका सञ्चारकर्मिहरुको अवस्थाको विषयमा राज्यसंयन्त्र जिम्मेवार बन्न सकेको छैन ।’

उनले आफ्नो संगठनले उठाएका मागहरुको विषयमा विज्ञप्तीमा उल्लेख गर्दै भनेका छन –‘फिल्डमा खटिने सबैको निरन्तर स्वास्थ्य परिक्षण गर्नुपर्ने , सूचना प्रदानमा सबै तिर डिजिटल माध्यमको प्रयोग बढाउनुपर्ने , पत्रकारको लागि सुरक्षा औजारहरु ( सुरक्षित ड्रेस, माक्स, पञ्जा, सेनिटाईजर लगाएत) को व्यवस्था गर्नुपर्ने , वास्तविक रपमा फिल्डमा खटिएका पत्रकारहरुको लागि जीवन विमा र निशुल्क उपचारको व्यवस्था गर्नुपर्ने लगाएतका मागहरु यसअघि नै उठाउँदै आएका छौ ।’

फिल्डमा खटिने सञ्चारकर्मिहरुको पूर्णस्वास्थ्य सुरक्षाको प्रबन्ध गर्न भन्दै सचेतना पूर्ण चेतावनीको शैलीमा विज्ञप्तीमा भनिएको छ – ‘स्मरण रहोस्, समयमै कोरोना संक्रमतिको स्वास्थ्य जाँच नगर्दा , रोगको पहिचान हुन नसक्दा संक्रमण तिब्र गतिमा फैलने प्रवल सम्भावना जो रहन्छ । तसर्थ कोरोना विरुद्धको सचेतना अभियानमा सक्रियताका साथ लागेका पत्रकार लगाएत सबैको राज्यले निशुल्क र सहज रुपमा नियमित स्वास्थ्य जाँच गरेर सुरक्षित वातावरण निर्माण गर्नु परिस्थितिजन्य तत्कालिन आवश्यकता रहेकोमा हाम्रो संगठनको ठहर छ ।’

विज्ञप्तीमा अगाडी भनिएको छ – ‘संगठनले उठाएका मागहरु गम्भीरता पूर्वक लिदैं तत्काल कार्यान्वयन गर्नका लागि सरकार जिम्मेवार बनोस र देशभर कोरोना विरुद्धको लडाई सफल होस् भन्ने विश्वास र कामना समेत गर्दछौ ।’

पछिल्लो समय देशका विभिन्न स्थानहरुमा ठूलो संख्यामा सञ्चारकर्मिहरु संक्रमित भैरहेको समाचारहरु आइरहेको अवस्थामा प्रेस सेन्टर नेपालले आफ्ना मागहरु पुर्न उठाउँदै सरकारलाई गम्भीरता पूर्वक कार्यान्वयन गर्न आग्रह गरेको हो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.