
दिपक बिक , व्याङलोर
म एक बिपन्न परिवार को सदस्य खाना लाउनलाइ धौ धौ त्यही माथि! बाबा आमालाइ छोरा छोरीको भबिष्यको चिन्ता! धन्न ( गाउँ का रामप्रसाद साहु भन्ने अंकल ले मेरी जेठो दिदि लाइ घरको काममा कामदारको रुपमा राखेको हुदा मासिक तिन हजार तलव आउदा घरको छाक टार्न र मेरो पढाईमा खर्च गर्न पनि भ्याउदैन थियो!
भ्याइनभ्याइ काम चलाउनु पर्थ्यो! मेरो स्कुल को फि बढी हुदा ओल्लो पल्लो घरको छिमेकीलाइ सहयोग माग्दा पनी पत्याउदैन थिय! जिवन एक दमै दहनिय अबस्थामा गुर्जी रहेको थियो ! स्कुलले भने कैले कतै राहत गरेको हुन्थ्यो मेरो पढाइ प्रतिको लगाव जेहेन्दार बिधार्थी को रुपमा कहिले फि फ्री त कहिले पुरुस्कृत भने गर्थे! मैले सधै पढाई मा राम्रो गरेको देख्दा गुरुहरुको पनि प्यारो नि थिय पढाई पनि राम्रै नै भैरहेको थियो ! बोकी रहेको थिय सपना सहरमा गएर राम्रो इन्जीनियरीङ पढ्ने! जसो तसो गरेर लगभग पढाई पनि माध्यमिक तहको अन्तिम अन्तिम तिर थियो ! यतिकै मा घरमा जटिल समस्या उत्पन्न भयो दिदि ले सुटुक्कै बिहे गरेर पराइ घर गएछन! अलि अलि दिदिले साहुको घरमा काम गरेर ल्याएको पैसाले घरको छाक र मेरो पढाइ त चलिरहेको थियो! अब यो पनी ढप्प भयो कतै बाट आयस्रोतको बाट नै रहेन ! आमाले बिकल्प खोज्नु भयो आफुले गिट्टी फोडेर मलाइ पढाइउने ! निधो गरिन मैले माध्यमिक तहको परिक्षा दिय परिक्षा मा राम्रो अंकमा उतिर्ण भए छु! आमा ले खुशी हुदै भन्नु भयो अब तेरो सहर गएर इन्जिनारिंग पढ्ने सपना पुरा भयो! म एक छिन निरास भएर सोच्न थाले! आमाले फेरी भन्नु भयो के भो तलाइ किन निराश? मैले भने आमा हामी संग त्यत्रो इन्जिनारिंग पढ्ने पैसा नै छैन कहा बाट इन्जिनारिंग पढ्ने भनेर सोचेको नि! आमाले थप्दै भन्नु भयो म अरु केही जान्दिन तैले सहर जानु नै पर्छ बरु पैसा को लागि त्यो गोठमा भएको लैनो भैसी बेचौला अनि मैले बिहे गर्दा माइती पट्टीले दाइजो स्वरुप काशका थाल कचौरा छन त्यही बेचौला र म गिट्टी फोड्ने काम पनि गर्दै छु! त्यहाँ बाट पनि केही पैसा आइहाल्छ!
आमालाइ केही केही थाहा थियन सहर मा धेरै गारो हुन्छ भन्ने छोरा सहर गएर पढे हुन्थ्यो मात्र सोचेको थियो !मैले आमाको कुरा नकार्न पनि सकिन किन कि मेरो पनी सानै देखि सहर गएर राम्रो इन्जिनारिंग पढ्ने सपना देखेको थिय! मात्र पैसा को अभाव मा दोधारमा थिय! यतिकै मा रात पर्छ म रात भर सोचीरहन्छु! हुन त आमाले ठिक भन्नु भयो सहर गएर पार्ट टाइम जब गरेर पनि पल्लो घरे अंकल को छारा पढी रहेको छ नि! म मा एक हिम्मत पलाउछु मैले पनि पार्ट टाइम जब गर्छु संगै पढ्छु भनेर ! दोर्सो दिन बिहानै सहर जानको लागि तयारी हुन्छु! र सहर जान्छु पल्लो घरे अंकल को छोराको रोहोवर मा कोठा लिन्छु कलेज जोइन गर्छु सहरमा अलि ब्यबस्थित हुन्छु! यतिकै मा 3/4 महिना बित्छ! अब घर बाट अलि अलि जम्मा गरेर ल्याएको पैसा खतम हुन थाल्छ! म भौतारिदै कामको खोजीमा निस्कन्छु निकै गारो हुदो रहेछ काम भेटाउन पनी! कतै काम नभेटाए पछि म निराश हुदै कोठमा फर्कन्छु! पैसा को लागि घरमा फोन गरम भने कता बाट ल्याउछिन ति बुढी आमा सोच्थे! यता भने कलेज को फि तिर्न बेला भैसक्यो अनि घर बेटीको घर भाडा तिर्न बेला भैसक्यो! आफु भने पार्ट टाइम जब को भर मा सहर छिरेको! जब नभेटाए पछि निकै तनाव ग्रस्त मेरो दिमाग भयको हुन्छ!यतिकै मा मेरो आखाले टेबुलमा रहेको न्युजपेपर देख्छ अनि पढ्छु लेखिएको हुन्छ बैदेशिक रोजगारी खुल्यो! म मनमनै मनन गर्छु बिदेश पलायन हुदा केही जिवनमा परिवर्तन आउछ कि निकै मनन गरे पछि यो यस्तो जिवन जी रहनु भन्दा बिदेश गएर पैसा कमाउदा उत्तम होला! त्यसको भोली पल्ट नै म्यानपावरमा गएर कुरा राख्छु हुन्छ भोली नै आउ म तिमी संग भएका कागजात पनि लिएर आउ भने पछि मैले मापदंड अनुसार सबै प्रक्रिया मिलाए पछि अब समस्या पैसाको नै रह्यो! तर अब भने समस्या पैसाको रहेन किन कि बिदेश जान्छु भन्दा पैसा जो कोहीले पनी पत्याउदा रहेछन ! गाउँ कै साहु भनिने रामप्रसाद अंकल ले नै बैदेशिक रोजगारी जानको लागि पैसालाइ ब्याजमा परिणत गर्दे दिनु भयो! उता घरमा भने आमा लाइ यो कुरा थाहा नै छैन! पैसा र कागजात बोकेर भोली पल्ट म्यानपावर तिर जान्छु म्यानपावरका कर्मचारीले भन्नु हुन्छ ल ठिक छ तिम्रो भिषा पक्कै लाग्छ तर २/३ महिना प्रतिक्षा गर्नुहोस! ल हुन्छ भन्दै म मुसुक्क हास्दै बाहिरीय! दिनहरु बित्दै जादा एक दिन म्यानपावर बाट फोन आउछ ल बधाई छ है भिषा आयो भोली नै उडान छ ! तपाइको तयारी भएर बस्नुहोस! मैले खुशी हुदै हवस भन्दै फोन राख्छु! अब आमा लाइ कल गरौ भन्दै कल गरे र भने आमा मलाइ माफ गर्नुहोस है मेरो संगै तपाइको सपना साकार पार्न सकिन! राम्रो इन्जिनरिंग पढ्न सकेन सहरमा ब्यबस्थित हुन निकै नै गारो हुदो रहेछ आमा! त्यसैले म भोली नै बिदेश जादै छु आमा! आमा ले रुदै जबाफ दिनु भयो यति ठुलो डिसिजन तैले मात्र गरिस!
आमा माफ गर्नुहोस तपाइलाइ सुनाउने सामर्थ्य म मा भएन! ठिकै छ आमा हाम्रो गरिबी ले त इन्जिनरिंग पढ्न त सकेन बस अब तपाइले मेरै लागि बेचेको लैनो भैसी र काश का थाल कचौरा किन्न सक्ने र तपाइको च्यातिएको चोली फेर्न सकु च्यातिएको चप्पल फेर्न सकु बस यही चाहा छ आमा मलाइ आशिर्वाद दिनु होस! आमाले रुदै भन्नु भयो यो सब ठिक त गरिनस आफ्नै देशमा केही गरेको भए राम्रो हुन्थ्यो! हामीलाइ चाहिदैन थियो पैसा हलो जोतेरै खाय नी ठिक थियो तर रहर गरिछस ठिकै छ राम्रो संग जानु आफनो स्वास्थ्यको ख्याल राख्नु भन्दै फोन काटियो! अब भोली नै उडान हुनु पर्न तयारी गर्न थाले अनि आज को रात यतिकै जान्छ! बिहान एरपोर्ट पुग्छु र पेलेन चढ्छु केही छिन मा धर्ति छोड्दै आकाशको गति लिन्छ! केही आकाममा उडानको लामो समय पछि बिदेशी भुमिमा अबतरण हुन्छ! एरपोर्ट मा तल्ले घरे अंकलको छोरा प्रताप आइसकेको हुन्छ मलाइ लिन! प्रताप भएकै कारण मलाइ त्यहा केही अप्ठ्यारो भएन! त्यहा बाट कोठा तिर लागेम केही बेरमा खाना खायौ र अलि गफ गर्दै थियौ भोली नै काम जोइन गर्नु पर्न भएकोले सुत्न हिंडे।
