कोरोना महामारीका बिच मिथिला क्षेत्रमा कर्मा धर्मा पर्ब हर्सोल्लासका साथ सम्पन्न ।

0
Quantam abroad studies

नविन यादव , सप्तरी

मिथला क्षेत्रम लगायत भारतको बिभिन्न भुगागमा आज मैथली समाज द्वारा कर्मा धर्मा पर्ब भब्यताको साथ मनाउने गर्छन् । भादौ महिनाको शुक्ल पक्षका दिन यो पर्व मनाउने चलन रहेको छ। यस बर्ष कोरोना महामारीका कारण देश लकडाउनको अवस्थामा रहेता पनि कर्मा धर्मा पर्ब मनाउने को संख्या उल्लेख्य रहेको छ ।

यस्तै सप्तरी जिल्लामा पनि अ-आफ्नै घरमा कहि कतै भिड नलागाइ परिवार संगै यस बर्ष पनि यो पर्ब हर्सोल्लासका साथ मनाइएको छ ।भादौ महिनाको शुक्ल पक्षमा परिर्वातनी एकादशी को दिन कर्मा धर्मा पर्व मनाउने चलन रहेको छ। भादौ महिनाको शुक्ल पक्षमा यो एकादशीको विभिन्न नाम लिएर संम्बोधन गरिएको पाइन्छ । यस पर्बको पदमा एकादशी , वामन एकादशी , परिर्वातनी एकादशी लगायत नामहरू बाट पुजा पाठ गरिने चलन रहेको छ।

भादौ महिनाको शुक्ल पक्षमा बिभिन नाम बाट चिनिने परिर्वातनी एकादशी, पदमा एकादशी, वामन एकादशी मध्ये सबै भन्दा बढी प्रख्यात रहेको पदमा एकादशीको नाम बाट कर्मा धर्माको नाम सम्बोधन गरेर पुजा पाठ गरिने परम्परा रहेको छ । भगवान् गोबिन्द पाप नाश गरेर भोग , मोक्ष सुख संगै चारै तिर बनजंगल, नदिनाला खेत बाग बंगैचा हरा भरा गरि पाप र अहंकारको यो दिन नाश गरिएको थियो। यो पर्बमा खास गरेर मंडल जाति, मालि जाति , राम जातिहरूमा पुजा पाठ गरिने मनाइने बिशेष परम्परा रहेको छ ।

sahani furniture udyog

केहि बर्ष देखि यो पर्ब फैलिदै तराइको बिभिन्न भुभागको जात जातिहरूले मनाउदै आएका छन। बिहान देखि नदिको जलासायहरू बाट कोकाको फुल टिपेर घरको आगनमा पोखरी खनेर बासको टुपो हंगामा उक्त्त कोका फुल सचाबट गरेर घरको अबिबाहित मेथलानी द्वारा बिधिवत तरिकाले भगवान् गोबिन्दको पुजा पाठ गरिने परम्परा रहेको छ ।

यस बर्ष पुजा गर्दै श्रदालुले भगवान् गोबिन्द संग चाडै सबै देशबासिले कोरोना महामारी बाट मुक्ति पाउन भनि प्रथना गरेका छन् । मिथिला क्षेत्रमा यस पर्बको आफ्नो छुट्टै महत्त्व रहेको पाइन्छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.