कोरोना संक्रमणबाट मृत्यू भएकालाई धर्म अनुसारको दहसंस्कार गर्न दिने जसपाको माग।

0
Quantam abroad studies

कपिलवस्तु , भदौ २३ ।
जनता समाजवादी पार्टी कपिलवस्तुले कोरोना संक्रमण बाट मृत्यू हुने व्यक्तिहरुलाई धार्मिक परम्परा अनुसार दहसंस्कार गर्नु पर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी दिर्घनरायण पौडेल सित माग गरेक छ । कपिलवस्तुको तौलिहवामा १ जनामा कोरोना संक्रमणका करण मृत्यु भएको थियो ।

त्यसमा प्रशासन तथा मृतकका परिवार बिच सदगद गर्ने विषय मा विवाद भए पछि सावधानी अपनाएर शवलाई धार्मिक परम्परा अनुसार गर्नु पर्ने माग राखेको छ । जनता समाजवादी पार्टीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै प्ररम्परागत धार्मिक मुल्य मन्यता अनुसार शव लाई सदगद गर्नु पर्ने माग राखेको जिल्ला अध्यक्ष कैलाश अग्रहरीले बताएका छन । त्यस्तै आर्का जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले स्वाब संकलन गरेको १० दिन सम्म प्रतिवेदन रिर्पोट नआउनु र मृत्यू भए पछि रिर्पोट अउनु दुखद रहेको जिकिर गर्दै अबका दिनमा यस्ता गल्तिलाई सुधार गर्दै समयमा नै रिपोर्ट दिनु पर्ने माग गरिएको बताएका छन ।

राजनैतिक दल, नागरिक समाज र प्रशासन बीच बैठक बसी शव व्यावस्थापनको लागि ठोस कदम लिनु पर्ने माग गरिएको विज्ञाप्तीमा उल्लेख गरिएको छ। अगामी दिनहरुमा यस्ता कमीकजोरीहरु नहुन दिनको लागि प्रशासनले ठोस निणर्य लिनु पर्ने बताईएको छ ।

ज्ञापन पत्र बुझदै प्रजिअ पौडेलले राम्रो सुझाव आएकोले अब का दिनमा हामी मिलेर कार्य गर्ने बताएका छन ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.