गर्भवति र सुत्केरी आमालाई उपप्रमुखकाे सुत्क्याराे भाडाे

0
Quantam abroad studies

उत्तम कुमार थापा , बाजुरा बडीमालिका नगरपालिकाले संचालन गरिरहेको महिला संग उपप्रमुख कार्यक्रम अन्तरगत उप-प्रमुखको सुत्क्यारो भाँडो नगरका गर्भवति र सुत्केरी आमालाई हस्तान्त्रण गरिएको छ ।

नगरपालिकामा संचालन भईरहेको महिला संग उपप्रमुख कार्यक्रम अन्तरगत कोभिड -१९ बाट प्रभावित बनेका नगर भित्रका गर्भवति तथा सुत्केरी आमालाई उप – प्रमुखको सुत्क्यारोे भाँडो अन्तरगत पोषण सम्वन्धि विभिन्न सामाग्री हस्तान्त्रण गरिएको हो ।

बडीमालिका नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , सहास नेपाल र आईएनएफ बाजुराको सहकार्य मा नगरपालिका भित्रका सुत्केरी तथा गर्भवति आमाहरुलाई उपप्रमुखको सुत्क्यारोे भाँडो अन्तरगतका पोषण सामाग्री हस्तान्त्रण गरिएको हो ।

नगरभित्रका सुत्केरी तथा गर्मवति आमा र बालवालिकाको पोषणमा सुधार ल्याउने उद्देश्यका साथ नगरपालिका भित्रका महिलाहरुलाई महिला संग उपप्रमुख कार्यक्रम अन्तरगत पहिलो चरणमा बडीमालिका ८ र ९ का सुत्केरी तथा गर्भवति आमा हरुलाई पोषण सामाग्री वितरण गरिएको बडी मालिकाकी उपप्रमुख कविता विष्टले बताएकी छन् ।

बडीमालिका नगरपालिका भित्रका महिलाहरुका लागि महिला संग उपप्रमुख कार्यक्रम अन्तरगत वार्षिक निति तथा कार्यक्रम नै संचालन गरेर अगाडि बढीरहेको बताएकि छन्। बडी मालिका नगरपालिका भरी ५ सय ५८ जना गर्भवति तथा सुत्केरी आमाहरु रहेका छन् ।

उपप्रमुख को कविता विष्ट को अध्यक्षता मा संचालन भएको सुत्क्यारो भाँडो हस्तान्त्रण कार्यक्रम मा बडीमालिका नगर पालिकाका नगरप्रमुख पदम बडूवाल प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रम को संचालन स्वास्थ्य शाखा संयोजक टेकबहादुर खड्काले गरेका थिए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विक, बडीमालिका ८ का वडा अध्यक्ष प्रकाश रावल , जिल्ला आयुवेर्द स्वास्थ्य केन्द्रका प्रमुख दिक्षा भण्डारी , सहास नेपालका कार्यक्रम संयोजक देसिन्द्र राई, पत्रकार महासंघ बाजुरा अध्यक्ष प्रकाश सिंह, सचिव प्रेम विक लगायत नगर भित्रका १ सय बढी गर्भवति तथा सुत्केरी महिलाहरुको सहभागिता रहेको थियो ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.