बझाङमा पत्रकारको सदस्यतामा नाताबाद ,कृपाबाद हाबि भएको भन्दै पत्रकार महासंघमा तालाबन्दी

0
Quantam abroad studies

दोरेन्द्र खड्का , बझङ

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङ सदस्यता थप सम्बन्धि पठाएको निर्णय प्रति प्रेस संगठन जिल्ला शाखा बझाङ ले आपत्ति जनाएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय र प्रदेश बाट जिल्लामा पत्रकारिता क्षेत्रमा क्रियाशिलहरुको नाम सहित सिफारिस गर्न भनि परिपत्र आएकोमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङले गैरपत्रकारहरु को सदस्यता सिफारिस गरेको भन्दै प्रेस संगठन नेपाल जिल्ला शाखा बझाङले आपत्ति जनाएको हो । जिल्ला मासंञ्चालित विभिन्न मिडिया हावस र पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई नभई नेपाल पत्रकार महासंघमा आफ्नो दवदवाह राखिराख्न ब्यापारी देखी कानुन ब्यबसायी र राजनितिज्ञ सम्मलाई पत्रका महासंघको सदस्यता वितरणका लागी सिफारिस गरेको हो ।

sahani furniture udyog

बेलाबेलामा गैर पत्रकारहरुको खारेजीको माग गर्दै आएको प्रेस संगठन नेपालले यसपटक पनि सिफारिस गरिएका गैरपत्रकारहरुको सदस्यता सिफारिसलाई सच्याउनु पर्ने भन्दै नेपाल पत्रकार महासंघको कार्यालयमा तालावन्दि गरेको हो । नेपाल पत्रकार महासंघले आफ्ना गतिविधीलाई नसच्याए सम्म चरणबद्धरुपमा आन्तोलन गर्ने प्रेस संगठन बझाङका अध्यक्ष रमेश केसीले बताउनु भयो ।

आज एक बिज्ञप्ती जारी गर्दै संगठन ले महासंघ भित्र को राजनिती कम गर्नु पर्ने र नातागोता, राजनितिक दलका कार्यकर्ताहरुको सदस्यता खारेज गर्नु पर्ने माग राख्दै नयाँ सिफारिस गरिएका १८ जना गैर पत्रकार र राजनितीक दलका कार्यकर्ताहरुलाई खारेज गर्नु पर्ने माग राखेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.