गुल्मीको कालीगण्डकी गाउँपालिकामा सातै वडाका शिकर्मि पेशामा आवद्ध युवालाई आधुनिक हाते आरा वितरण गरेको छ ।

0
Quantam abroad studies

अमृत भट्टराई / बिहादी , पर्वत

गुल्मीको कालीगण्डकी गाउँपालिका ले आफ्नो गाउँपालिका भित्र रहेका सात वटा वडामा विगत देखि नै शिकर्मि पेशामा आवद्ध रहेर सिकर्मी पेशा गर्दै आएका युवालाई पाँच नम्बर प्रदेश मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत को आधुनिक किसिमको हाते आरा वितरण गरेको छ ।

मंगलबार कालीगण्डकी गाउँपालिका को कार्यलय पुर्तिघाट बाट कालीगण्डकी गाउँपालिका का अध्यक्ष बेद थापा मगर , उपाध्यक्ष तारा थापा र नेपाल कम्युनिस्ट पार्टी नेकपा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष रामजी ढकालले संयुक्तरूपमा आधुनिक हाते आरा वितरण गर्नुभएको हो।
अध्यक्ष थापाले आरा वितरण कार्यक्रममा यसले पनि युवाहरु बिदेश पलायन हुनुमा कामी गर्ने र युवा आफ्नो गाउँठाउँ रहेर नै रोजगारी पाउने सम्भावना बढ्दै जाने बताए ।

sahani furniture udyog

यस्तै वितरण कार्यक्रम गाउँपालिका उपाध्यक्ष क्षेत्रीले यो गाउँपानिका को नयाँ कार्यक्रम भएको र अब गाउँपालिका भित्रका सबै वडाका टोलटोलमा गएर सिकर्मी पेशा आवद्ध लाई खोजी विभिन्न सामाग्री उपलब्ध गराउने उदेश्यले गाउँपालिका लागि पर्ने बताउनु भयो ।

पाँच नम्बर प्रदेश मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत आएको आरा वितरणमा नेपाल कम्युनिस्ट पार्टी नेकपा कालीगण्डकी गाउँपालीका अध्यक्ष राजजी ढकाल लेआफू स्वरोजगार बनी आरुलाई रोजगारी दिने कार्यमा ठुलो मद्दत पुग्ने बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.