गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ फोक्सिङ्ग का वडा अध्यक्ष थमन सिङ आले स्थानीयको घरघरमा पुगेर गुनासो सुन्दै

0
Quantam abroad studies

अमृत भट्टराई / बिहादी,पर्वत

गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ फोक्सिङ्ग का वडा अध्यक्ष थमन सिङ आले आफ्नो वडाका अति विकट मानिने टोलटोलमा मा पुगेर जनताको गुनासो सुने र समाधान को प्रयास गर्ने उदेश्यले मंगलबार फोक्सिङ्गको अति विकट मानिने बल्ली बस्ती पुग्नु भएको थियो आलेले उक्त बस्तीमा गएर स्थानीयलाई घरघरमा भेटघाट गर्दै गाउँपालिका र वडा बाट हुने सेवा सुविधा प्रयोग गर्ने आग्रह गर्नुभएको छ ।

कालीगण्डकी गाउँपालिका मा सात वटा वडा छन् त्यो मध्येको फोक्सिङ्ग ५ नम्बर वटा हो यस वडा अन्य वडाको तुलनामा भौगोलिक हिसाबले ठूलो रहेको छ ।यस क्षेत्रमा वन जंगल र ठुलाठुला पहाड रहेको छ । स्थानीय सरकार भएपछि यस वडामा सडक निर्माणले तिव्र पाएको र नालि सहिदको गराबिल सडक निर्माण भएको वडा अध्यक्ष आलेले बताउनु भयो । आलेले यस वडा लाई कालीगण्डकी गाउँपालिकाको नमुना वडा बनाउने उदेश्यले रातदिन नभनी जनताको सेवामा लागि परेको एक स्थानीय सुमित सारुले बताए ।

अहिले यस क्षेत्रमा खानेपानी , कृषि , सडक ,स्वास्थ , शिक्षा र युवालाई वडामा नै रोजगारी मिलाउने जस्ता कुरालाई प्रमुख रुपमा अगाडि बढेको वडा अध्यक्ष आलेले बताए ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.