मृगौलाका विरामी तथा गर्भवत्ती कोरोना संक्रमितलाई उपचार नपाएको भन्दै जिपि फाउण्डेशन द्वारा प्रजिअलाई ज्ञापन पत्र

0
Quantam abroad studies

वीरगंज १२ असोज ।

पर्साको हाल स्वास्थ्य अवस्था देखेर सरोकारवालहरु को ध्यानार्कषन भएको छ। पर्सामा अहिले उपचार नपाएर अस्पताल भौतारिनु परेकोले गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्सा ले जिल्ला प्रशासन र्कायालय पर्सा को ध्यानार्कषन गराएको छ ।

कोरोना महामारीका कारण पर्सामा हजारौं सकंक्रमित छन भने कयांैले ज्यान गुमाएका छन । साथै पर्सामै ८ जना भन्दा बढी ब्याक्ती उपचार नपाएर अस्पतालको गेटमा मृत्यु भएको सर्वविदितै छ ।

sahani furniture udyog

उपचार नपाएर मृत्यु भएको कारणले पर्साको स्वास्थ्य अवस्था नराम्रो भएको ले गिरिजा प्रसाद कोईराला फाउण्डेशनका अध्यक्ष मोहम्मद सहाबुदिन को अध्यक्षतामा सचिव धिरज प्रसाद गुप्ता ले पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तामागंलाई ज्ञापन पत्र बुझाएका छन ।

गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा ज्ञापन पत्र बुझाउन गएका समुहले पर्साको कोरोना महामारी तथा पर्सा जिल्लाको स्वास्थ्य क्षेत्रको यथास्थिति बारे पर्साका प्रमुख जिल्ला अधिकारी संग सल्लाह गरेका छन ।

जिल्ला प्रसासन कार्यालय पर्सामा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साका सह सचिव मिंन्टु देवि सिंह , कोषाध्यक्ष मनोहर साह,सदस्य प्रिति सिंह,जंगबहादुर पटेल,सनतोष कुमार गुप्ता, शेख नेजामुदिन, दिनानाथ प्रसादगुप्ता,पप्पु सिंह, सदिप कुमार केवट, जितेन्द्र ठाकुर, मनजेश र्कण , पप्पु बैठा, संजय पटेल, सफु शर्मा, अशोक बैठा , कर्ण पटेल, लालबाबु साह,युथ कांग्रेस नेपालका प्रदेश २ सदस्य राहुल गुप्ता लगायतका र्कायक्रताको उपस्थिति रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.