आफन्त नेपाल कपिलवस्तु र शान्ति पुनर्स्थापना गृह द्वारा प्रहरी निरीक्षक पौडेल लाई सम्मान सहित बिदाई

0
Quantam abroad studies

कृष्णनगर , कपिलवस्तु , असोज १२

कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेल लाई एक कार्यक्रमका बिच आफन्त नेपाल कपिलवस्तु र शान्ति पुनर्स्थापना गृह द्वारा सम्मान सहित बिदाई गरेको छ l करीब १६ महीना देखि इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको पदमा कार्यरत रही क्षेत्रमा शान्ति सुरक्षा संगै कोरोना भाइरस (कॉभिड-19) महामारीको नियंत्रणमा देखाउनु भएको सक्रियता सराहनीय रहेको तत्काकालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता अकरम पठानले लेे बताए l

प्रहरी निरिक्षक प्रताप पौडेल को कार्य कृष्णनगरमा सराहनीय रहेको , अगामी दिनमा सफल कार्यकाल को शुभकामना सहित उत्रोतर प्रगति को कामना सहित लायन्स दिनेश चन्द्र गुप्ताले आफ्नो मन्तब्यय राख्नु भयो l आफन्त नेपाल कपिलवस्तु संयोजक केशर विश्वकर्मा ले मानव वेचविखन तथा महिला हंसा विरुद्ध हाम्रो संस्था संग गरेको सहकार्य अविस्मरणीय रहने बताउनु भयोl

उक्त कार्यक्रममा कृष्णनगर नगरपालिका वडा नं २ वडा अध्यक्ष संजय कुुमार गुप्ता ले अगामी दिनको सफलताको शुभकामना सहित कृष्णनगर बसाईका क्रममा पुर्याए को योगदानको चर्चा गर्नु भयो l शान्ति पुनर्स्थापना गृह कपिलवस्तु संयोजक निशा पन्थी ले मानव वेचविखन तथा महिला हंसा विरुद्ध हाम्रो संस्था संग गरेको सहकार्य अविस्मरणीय रहने बताउनुभयोl

बिदाई कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक पौडेल ले आफू यस कृष्णनगर क्षेत्रमा करीब १६ महीना देखि यहाँका जनताहरूको सेवा गर्न पाएकोमा खुशी व्यक्त गर्दै,आफ्नो मताहत क्षेत्रका समाजसेवी , संघ संस्था, स्थानीय व्यक्ति, जन प्रतिनिधि लगायत अन्यले दिएको सहयोग अविस्मरणीय रहने र आफूलाई सम्मान सहित बिदाई गरेकोमा आफन्त नेपाल कपिलवस्तु र शान्ति पुनर्स्थापना गृह लगायत उपस्थित सम्पूर्ण लाई धन्यवाद दिएl

कार्यक्रममा आफन्त नेपाल कपिलवस्तुका संयोजक केशर विश्वकर्मा ले सम्मान सहित मायाको चिनो दिए साथै शान्ति पुनर्स्थापना गृह कपिलवस्तु संयोजक निशु पन्थीले सम्मान गर्दै आफ्नो संस्थाको तर्फबाट प्रशंसा पत्र समेत प्रदान गर्नुभयो l

उक्त बिदाई कार्यक्रममा वृजेश गुप्ता, पंकज गुप्ता, वसन्ती, राहुल मोदनवाल लगायत अन्यको उपस्थित रह्यो l उक्त कार्यक्रममा अफन्त नेपाल कपिलवस्तुका जिल्ला संयोजक केशर विश्वकर्मा ले उद्घोषकको भुमिका निर्वाह गर्नु भयोl कार्यक्रम भने अफन्त नेपाल कपिलवस्तुको हालमा सम्पन्न भएको थियोl

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.