पश्चिम नवलपरासीमा २ जर्सी गाई सहित अबैध मालसामान बरामद

0
Quantam abroad studies

उर्मिला यादव , असोज १५
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्ला को विभिन्न स्थान बाट २ वटा जर्सी गाई सहित १ लाख ७१ हजार ५ सय मुल्य बराबरको अबैध मालसामान बरामद गरेको छ । प्रहरी को अनुसार सिमा प्रहरी चौकी महेशपुर बाट खटिएको प्रहरी टोलिले बिहिवार बिहान भारत बाट अबैध रूपमा नेपाल तर्फ ल्याउदै गरेको २ वटा जर्सी गाइ सरावल गाउपालिका वडा नम्बर ४ ललितपुर बाट नियन्त्रणमा लिएको छ ।

मानिस ले गाई डोरयाउदै ल्याउदै गर्दा प्रहरी टोलिलाई देखि गाई छोडेर भागेको प्रहरीले जनाएको छ । गाइको प्रती गाइ लगभग चालीस हजारका दरले २ वटा गाइको जम्मा ८० हजार मुल्य रहेको र दुबै गाइलाइ आवश्यक कारवाहिका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइए को प्रहरीले जनाएको छ । त्यस्तै गरि बिहीवार नै प्रहरी चौकी भुजहवाको प्रहरी टोलिले नेपाल बाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको अन्दाजी १३ हजार ५ सय मुल्य बराबरको ७ बोरामा २ सय २५ किलो हरियो केराउ सरावल गाउपालिका वडा नम्बर ७ बर्गदवा बाट बरामद गरेको छ । त्यस्तै गरि बिहिवार नै ईलाका प्रहरी कार्यालय अमानिगन्ज बाट खटिएको प्रहरी टोलि ले नेपाल बाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको लगभग ७८ हजार मुल्य बराबरको २५ बोरामा ९ सय ७५ किलो हरियो केराउ पाल्हीनन्दन गाउपालिका वडा नम्बर २ मुडेरा बाट बरामद गरेको जनाएको छ ।

उत्त केराउ मानिसले साइकल तथा मोटरसाइकलमा राखी लैजादै गर्दा प्रहरी टोलिलाई देखि बोरा फाली मानिस भागेका थिए । आज बरामद भएका २ जर्सी गाई र १ हजार दुई सय किलो हरियो केराउ आवश्यक कारबाहिका लागि महेशपुर भन्सार कार्यालयमा बुुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.