सभामुख थापा द्वारा सत्यवादी माध्यमिक विद्यालय भवनकाे उद्घघाटन ,

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ
सुदुरपश्चिम प्रदेशका सभामुख थापा द्वारा बझाङमा रहेको सत्यवादी माध्यमिक विद्यालयमा निर्माण भएको भवनकाे उद्वघाटन गरिएको छ ।

जिल्लाकाे छविस पाथिभरा गाउँपालीका वडा नम्बर २ मा रहेको सत्यवादी माध्यमिक विद्यालय काे उद्घाटन गरिएको हाे ।

आज एक कार्यक्रमका विच विध्यालयका विव्यस अध्यक्ष झलक बहादुर कठायत काे अध्यक्षतामा सुरुभएकाे कार्यक्रममा सुदुरपश्चिम प्रदेश का सभामुख अर्जुन बहादुर थापा प्रमुख अतिथि रहनु भएकाे थियाे भने बिशिस्ट अतिथि गाउँपालीका अध्यक्ष अक्कल धामी उपाध्यक्ष राधिका रताला रहनुभएकाे सभामुखका स्वकीय कवेन्द्र बहादुर राेकाया ले बताए । सुदुर पश्चिम प्रदेश बाट जयपृथ्वी नगर मेल्लेकमा रहेकाे सत्यवादी माध्यमिक विद्यालयमा ८ काेठे भवन काे काम सम्पन्न भएपछि अाज सभामुख थापा द्वारा उद्घाटन गरिएको थियाे ।सँगसँगै वडा नम्बर २ का अध्यक्ष विकाश कुमार अयडी ले अाफ्नाे वडाले गरेका गतिविधि र भावि दिनमा गर्ने कार्य याेजना बारे प्रश्ट पार्नुभएकाे हाे ।

कार्यक्रममा बाेल्दै सभामुख थापा ले भने, अाज हृदय खुसि भएको बताउदै छविसमा सबै भन्दा पहिला विद्यालयकाे भवन काे काम सम्पन्न गरेकाे बताउदै अागामी दिनमा यस क्षेत्रलाई पर्यटकीय स्थलकाे भुमिकामा लैजाने र भाडे देखि छविस पाथिभरा गाउँपालीका सम्म काे सडक कालाेपत्रे गर्ने दावि गरेका थिए ।

sahani furniture udyog

विद्यालयकाे भवन करिव ४२ लाखमा सम्पन्न भएको हाे।आगामी दिनमा विकासलाई तिव्रतादिन अनुराेध गरिएको छ । कार्यक्रममा जनसमुदायहरु जनप्रतिनिधि कर्मचारी , सुरक्षाक्रमी , पत्रकार लगाएत छविस पाथिभरा गाउँपालीका का सबै जनसमुदायहरुकाे उल्लेख्य उपस्थिति रहेकाे वडा अध्यक्ष बिकास अयडीले बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.