बैकल्पिक शिक्षाका लागि विद्यालयहरुमा स्वाध्ययन सामाग्री हस्तान्तरण

0
Quantam abroad studies

कपिलवस्तु , २४ असाेज
दलित सामाजिक बिकास केन्द्र र युनाईटेड मिसन टु नेपाल को सयुंक्त साझेदारीमा संचालित हाम्रो पहँुच परियोजना अन्तर्गत यशोधारा गाउँपालिका को ८ वटै वडामा कक्षा ६ का लागी स्याधायन सामाग्री तथा कक्षा ३ का लागि अभिभावकहरुको सहयोगमा बालबालिकालाई घरमा नै गराउन सकिने सिकाई क्रियाकलापहरु सामाग्री (किताब) यशोधरा गाउपादिकाको सहकार्यमा २७ वटा विद्यालयहरुमा हस्तान्तरण दलित सामाजिक विकास केन्द्रले गरिएको छ।

sahani furniture udyog

यशोधरा गाउपालिकामा रहेका ३ वटा मा. वि., ५ वटा निमावि, १४ वटा प्रावि र मदरसा लगायत जम्मा २७ वटा बिद्यालयमा कक्षा ३ को ६७० जना र कक्षा ६ को ४०८ जना बालबालिका गरी जम्मा १०७८ जनालाई एक एक वटा बैकल्पिक शिक्षाका लागि स्वाध्ययन सामाग्री घरमा नै गर्न सकिने सिकाई क्रियाकलापहरु र अभिभावकहरुको सहयोगमा बालबालिका लाई घरमा नै गराउन सकिने सिकाई क्रियाकलापहरु को किताब यशोधरा गाउपालिकाका शिक्षा शाखा प्रमुख अनिल ओझाको सहकार्यमा दलित संस्थाले बितरण गरिएको हो । कोरोना भाइरस को प्रभाव ले विद्यालय बन्द रहेको बेलामा विद्यार्थीहरुले उक्त किताव बालबालिकाहरुले अभिभावकहरु को सहयोगमा आफैले पढन लेख्न र अभ्यास गर्न सक्ने गरि पाठयक्रम को आधारमा तयार गरिएको हो।

कोरोना भाइरस (कोभिड १९) महामारीको बेलामा सबै विद्यालयहरु बन्द रहेको अवस्था छ । यस समयमा बिद्यार्थीहरु घरमा बस्दै आई रहेका छन। त्यसकारण विद्यार्थीहरुको सिकाई अभ्यास निरन्तरता र बिर्सेका कुराहरु को पुर्नताजगी र उनीहरु को पढाई नियमित रुपमा होस भन्ने उद्देश्यले यो किताब वितरण गरिएको हो । जनकारी परियोजना अधिकृत राम कुमार महरा ले जनकारी दिनु भएको छ ।

यसको प्रयोग को बारेमा प्रत्येक विद्यालयका प्र.अ तथा शिक्षकहरु लाई यशोधरा गाउँपालिका कार्यालय को सहयोगमा महत्व तथा औचित्यको बारेमा १ दिने अभिमुखिकरण पनि संचालन गरिए को संस्थाका अध्यक्ष राम शरन रैदास ले जनकारी दिनु भएको छ। साथै यस गाउँपालिका को ५ वटा वडामा ३२ वटा गाउँमा सिकाई केन्द्र संचालन भैरहेका छ र यसको सहजीकरण गर्ने सहजकर्तालाई पनि अभिमुखिकरण गरियो छ ।

श्री अनिरुद्ध पब्लिक माध्यमिक विद्यालय को प्र. अ. रामसेवक यादव , श्री कृष्ण धार्मिक माध्यमिक विद्यालयको प्र.अ. रामजियावन यादव, श्री राष्ट्रिय निम्न माध्यमिक विद्यालयका प्र.अ शिव प्रसाद चौधरी र श्री जगन्नाथ निम्न माध्यमिक विद्यालयका प्रअ. तिलक राम लोहार लगायतको प्र.अ.हरु ले यो किताव वितरण गरेको धेरै राम्रो र बालबालिकाहरुको लागि धेरै सहयोगी भएको छ सवै जनाले दलित सामाजिक विकास केन्द्र संस्था प्रति आभार प्रकट गर्नु थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.