कपिलवस्तु , २४ असाेज
यशोधरा गाउपादिकालाई यूएमएन र दलित सामाजिक विकास केन्द्रको संयुक्त साझेदारीमा संचालित जीवीकोपार्जन तथा वातावरण सुधार द्धारा समुदाय को उत्थानशील सवलीकरण परियोजना बाट गाउपादिका अध्यक्ष गिरिजेश कुमार पाण्डे र स्वास्थ्य शाखा प्रमुख ज्योति प्रकाश दुवेलाई स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ ।
यशोधरा गाउपालिका को वडा नं. १, २ र ३ मा संचालित परियोजना द्धारा गाउपालिका को स्वास्थ्य शाखालाई दलित सामाजिक विकास केन्द्रका अध्यक्ष राम शरन रैदास ले सेनिटाइजर ६० बोतल ५०० एमएल, माफ सर्जिकल १००० पीस , हेण्ड ६० पीस , ग्लोब्स १६० पीस, साबुन ५० पीस र फिनायल ३५ बोतल लगायत स्वास्थ्य सामाग्रीहरु कोरोना भाइरस को समयलाई माध्य नजर गर्दै उक्त महामारी बाट सचेत हुन र समुदायलाई सचेत बनाउनको निम्ति सामाग्री हस्तान्त्रण गरिएको परियोजना अधिकृत सुमन न्यौपाने र फिल्ड् अधिकृत रमेश कुर्मीले जनकारी दिनु भएको छ ।
सोही सन्दर्भमा वडा नं. १, २ र ३ लाई पनि स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिने योजना रहेको जनकारी परियोजना अधिकृत ले दिनु भएको छ।