सरकार दुइ पार्टि पद्धति स्थापनाको लागि मास्टर प्लानमा : पुर्व संचार मन्त्री यादव

0
Quantam abroad studies

बिष्णुपुर , सिरहा
पुर्व राजपा र पुर्व सजपाको पार्टि एकिकरण पश्चात बनेको जसपा कार्यकर्ता भेटघाट र स्थानिय तहहरु समेतमा पार्टि समायोजन गर्न सन्देश दिन बिष्णुपुर गाउँपालिका को राजपुर कौवाहा पुगेको पुर्व संचार मन्त्री राजकिशोर यादव ले सरकार अधिनायकवाद को रणनितिमा लागेको बताउनु भयो ।

सिरहाको बिष्णुपुर गाउँपालिका रामजानकी पर्यटकिय बागमा कार्यकर्ता भेटघाट गर्दै मन्त्री यादवले भने, सरकारले जनता भ्रमित गर्ने चालमा छन , देशमा दुइ पार्टि पद्धति स्थापनाको लागि मास्टर प्लानमा छन । यसले मधेसि, आदिवासि, दलित, जनजाती , पिछडा वर्ग मुस्लिम, अल्पसंख्यक सिमान्तकृत समुदाय र जनतालाई बिकल्प बिहिन बनाउने खेल रहेको बताएका छन ।

sahani furniture udyog

मन्त्री यादवले जसपा मुलुकको तेस्रो शतिmशालि पार्टि रहेको भन्दै सरकार ले देशमा अधिनायक वाद को राजनिति स्थापित गर्न सबिधान सभाको निर्वाचन २०७० ताका निर्वाचन ऐन परिवर्तन गरेर थे्रसहोल्डको निति ल्याए । थे्रसहोल्डको निति तहत त्यस बखत देशमा रहेका जम्मा ३१ वटा राजनितिक दलहरुलाई चार वटामा झारे र हाल जनतालाई भ्रमित गर्दै दुई पार्टि पद्धति को खेलमा लागेको बताउँदै जनता समाजबादि पार्टि समेतलाई तह लगाउने प्रजातन्त्र बिरुद्ध को गतिबिधिहरु वारे बुझन पार्टि कार्यकर्ता तथा नेतृत्व पंतिmलाई नचुक्न प्रष्ट गर्नुभयो ।

उहाँले भने, सतारुढ कमयूनिष्ट सरकार ले दुइ पार्टि पद्धतिको तहत पहिला मधेसवादि दललाई र पछि काँग्रेस पार्टि स मेतलाई तह लगाई चिनको जस्तो एकल अधिनायकवाद ल्याउने मास्टर प्लानमा सरकार रहेको बताउनुभयो ।

उहाँले अन्तराष्ट्रिय राजनिती परिर्वतनको बारेमा कार्यकर्ताहरु लाई सुझाउँदै सरकार ले देशमा प्रजातन्त्र र प्रजातान्त्रिक अभ्यासहरु लाई सरकार ले समेत धरापमा पार्दै गरेको बताउनु भयो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.