पर्वतको बर्राचौरमा शित्तल दुध कृषि बहुउद्देश्यीय सहकारी संस्था एक कार्यक्रम गरी उद्घाटन ।

0
Quantam abroad studies

अमृत भट्टराई / बिहादी , पर्वत ।

पर्वतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा शित्तल दुध कृषि बहुउद्देश्यीय सहकारी संस्था को उद्घाटन भएको छ । मुकुन्द पराजुलीको अध्यक्ष्ातामा रहेको सहकारीमा ३१ जना सेयर सदस्य रहेका छन् ।

sahani furniture udyog

शनिबार बिहादी गाउँपालिका का अध्यक्ष कमल प्रसाद भुसाल को को प्रमुख अतिथि सहकारी उद्घाटन भएको हो। कार्यक्रममा बिहादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयाल विशिष्ट अतिथि रहनु भएको कार्यक्रममा बिहादी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि भुसाल , बिहादी गाउँपालिकाको वडा दुई का वडा अध्यक्ष ओम प्रसाद कुवर जनप्रतिनिधि खैसरा दर्जी , शुशीला नेपाली लगायत विभिन्न पार्टीका प्रतिनिधि स्थानीय कृषकको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सहकारी सदस्य राम प्रसाद पराजुलीले गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै बिहादी गाउँपालिका का अध्यक्ष भुसालले भन्ने बर्राचौरका युवामा देखिएको यो कारे निकै राम्रो र अन्य ठाउँका युवाहरू लाई पनि यस्तै कार्यमा लाग्न समेत अनुरोध गर्नु भएको छ । यस्तै सहकारीका सल्लाहकार तथा बिहादी गाउँपालीका वडा २ का वडा अध्यक्ष ओम प्रसाद कुवर ले शुभकामना सँगै अब गाउँमा उत्पादन भएको कृषि सामाग्री सजिलै कुश्मा, पोखरा बजार पुराउने उदेश्यले वडा बाट विभिन्न कार्यक्रम ल्याउने र सबैलाई गाउँमै रोजगारीको अवसर मिलाउने बताउनुभयो ।

यस्ता कार्यले देश विकासमा टेवा पुग्ने र वैदेशिक क्षेत्रमा रोजगारीमा जाने युवाको सङ्ख्यामा समेत कमी आउने बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.