उत्तम कुमार थापा
सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा सभामुख थापा पुग्नुभएकाे छ । यतिबेला प्रदेश सरकारले जिल्लामा रहेका विभिन्न विद्यालयहरुमा भवन निर्माण गरे सँगै सभामुख अर्जुन बहादुर थापा गृह जिल्ला बझाङमा पुगेर उद्घघाटन गर्नुभएको हाे ।
गृह जिल्ला बझाङमा अाउनुभएका थापाले आफुले चुनावमा प्रचारप्रसारमा जादा धेरै स्थानमा विद्यालय सुधार गर्ने र भवन नभएको स्थानमा समस्या हेरेर भवन निर्माण गर्ने प्रतिव्दता गर्नुभएको थियाे । अाज जनताले जनमत दिएर सुदुरपश्चिम प्रदेशको सभामुख भए सँगै जिल्लामा रहेका धेरै विद्यालयहरु लाई हेरेकाे छविस पाथिभेरा गाउँपालीका वडा नम्बर २ का वडा अध्यक्ष बिकास अयडीले बताए ।सभामुख थापाले करिव २५ बर्ष शिक्षा पेशामा रहि विभिन्न विद्यालयकाे हेडमास्टर भएर काम गरेकाे थियाे ।
गृह जिल्ला पुगेका थापाले भने अहिले विकास धेरै भएको छ । पुरानो जमाना अर्थात पहिले हाम्रो पालामा भवन के हाे थाहा थिएन।व्याङ्च के हाे , चक कस्तो हुन्छ हामीलाई थाहै थिएन । हामीले शिक्षा अार्जन गर्दा अाेखरकाे रुख ,मन्दिरको छाना , पिपलकाे छाहारी सँगसँगै रमाएर पढेका थियाै अहिले ,गणतन्त्र अाए सँगसँगै घरघरमा विद्यालय रहेका छन । अहिले घरघरमा डिग्री पढेका मान्छे छन । अाफै वाट केही नयाँ चिज सुुरु गर्नु जरुरी देखिन्छ । सभामुख थापाले जिल्लाकाे छविस पाथिभरा गाउँपालीका वडा नम्बर २ मा रहेकाे सत्यवादी माध्यमिक विद्यालयकाे २ तले भवन , छविस पाथिभरा वडा नम्बर ५ मा रहेको ६ काेठे भवन , र मष्टा गाउँपालीका वडा नम्बर १ मा रहेकाे घचाया माध्यमिक विद्यालयकाे २ तले भवन र शारदा माध्यमिक विद्यालय काे भवनकाे विभिन्न दिनमा उद्घघाटन गर्नुभएको थियाे । भवन उद्घघाटनकाे क्रममा उनले भने , मैले लामाे समय शिक्षा पेशामा काम गरेकाे हुदा गुणस्तरीय शिक्षा अाजकाे अावश्यकतालाई मध्ये नजर गर्दै शिक्षामा पहिलाे प्रथामिक्ता दिएकाे छु ,सँगै अहिले बिकास धेरै भएको छ ।
कराेडाै बजेट अाएकाे छ । विकास नेताले हैन बिकास जनता ले गर्नु पर्छ । अहिले केही भएको छैन भन्नेहरु धेरै छन। जसकाे दिमाग जति त त्यसले त्यतिनै देख्छ । केही भएको छैन भन्ने लाई धेरै भएको छ । तर जति हुनुपर्नेहाे त्यति भएको छैन भन्दै सभामुख थापाले निराशा पनि पाेखेका हुन।बझाङमा सभामुख थापाको यसपालि भने लामाे समय बसाइँ छ । थापाले बाेलि भन्दा काम गरिसके पछि मात्र जनसमुदाय सँगै अाउनु भएको हाे।अहिले उनकाे पहलमा धेरै विकास भएको मष्टागाउँपालीका वडा नम्बर १ का अध्यक्ष राजेन्द्र थापा ले बताए । सभामुख अर्जुन बहादुर थापा याे समयमा लामाे समय जनसमुदाय सँगै भेटघाटमा व्यस्त छन । अाउदाे १ गते साईपालकाे अाखा शिविरकाे उद्वघाटन सभामुख थापाले गर्ने तयारी रहेको छ ।
सुदुरपश्चिम प्रदेश सरकारकाे अार्थिक सहयाेग र विभिन्न अाखा सम्वन्धि विज्ञहरु काे सहभागीता विकट साईपाल गाउपालीकामा शिविर सँञ्चालन हुने स्राेत बताए ।