नेपाल बिश्व हिन्दु महासंघ द्वारा सरकार विरुद्ध कपिलवस्तुमा प्रदर्शन

1
Quantam abroad studies

असोज २७
कपिलवस्तु जिल्लामा सरकार बिरुद्ध बिरोध प्रदर्शन भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तु तौलिहवा को कार्यालय अगाडी सयौं को संख्यामा आएका प्रदर्शनकारी ले बिरोध प्रदर्शन गरेका छन् ।

नेपाल बिश्व हिन्दू महासंघ जिल्ला कार्य समिती क. व. को आयोजनामा भएको उक्त प्रदर्शन रैलि रामघाट क्षेत्र बाट सुरु भइ जिल्ला प्रशासन कार्यालय तौलिहवा अगाडि कोण सभामा परिणत भएको थियोे ।

विभिन्न माग र नाराका साथ उनीहरु बिरोध प्रदर्शन गरेका थिए । मिचिएको नेपाली भुमि फिर्ता गर, चिनिया अतिक्रमण बन्द गर, चौतर्फी सिमा सुरक्षा सुनिस्चित गर, चिनिया बिस्तारवाद मुर्दावाद, हिन्दू धर्म संस्कृति माथी हस्ताक्षेप बन्द गर, कोरोना को बहाना दशै तिहार लाई निसाना बनाउन पाइदैन, मुर्ति बनाइ पूजा अर्चना एवम् बिसर्जन रोक्न पाइदैन, हिन्दु मठ मन्दिर र चाडपर्वले मात्र कोरोना फैलिन्छ र सरकार ? जस्ता नाराले लेखिएका व्यानरका र प्लेकार्ड बोकेका सयौं युवा ले प्रदर्शन गरेका हुन ।

यसैगरी महासंघ का प्रदेश महासचिव निरन्जन यादव ले कार्यक्रममा बोल्दै धर्म र संस्कृति विरुद्ध को कुनै पनि कार्यको खुलेर प्रतिकार गर्ने बताउनु भएको छ भने महासंघका जिल्ला अध्यक्ष उदयभन यादव ले जिल्ला प्रशासन कार्यालय ले दशैमा मुर्ति बनाउन र बिशर्जन गर्न नपाइने भनि जारी गरेको सुचना पूर्वाग्रही रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष यादव ले ओलि सरकार को देशमा हत्या , बलात्कार , भ्रष्टाचार लगायत को घटनामा वृद्धि भएको र छिमेकी देश चीनले हुम्ला स्थित नेपाली सिमानाभित्र भवन बनाउदा पनि सरकार मौन रहनु ले देश ठुलो संकट तर्फ बढेको बताएका छन् । चिनले अतिक्रमण गरेको नेपाली भुमिमा हाम्रो दाजुभाइ जादा चिनी सेना ले आशुग्यास हान्नु भनेको सिङ्गो नेपाली राष्ट्रयता माथि को प्रहार भएको अध्यक्ष यादव ले थपेका छन् ।

महासचिव निरनजन यादव को उपस्थिति र उदयभान यादव को अध्यक्षतामा गरिएको उक्त बिरोध कार्यक्रममा लोकराज मिश्र , महेशराज कुर्मि , लगायत सयौं युवाको उपस्थिति रहेको थियो ।

sahani furniture udyog
  1. Mahesh kurmi says

    अति राम्रो अनि सरहनिय कार्य जय श्रीराम

Leave A Reply

Your email address will not be published.