

विजयनगर , २७ असाेज
कपिलवस्तुको तौलिहवामा घरेलु तथा साना उद्योग कार्यालय बाट एक वडाध्यक्षको मोटरसाइकल चोरी भएको छ ।
विजयनगर गाउँपालिकाको वडा नं ५ का वडाध्यक्ष अनवर मोहम्मद मुसलमान को लु। ५९ प। ८३११ नम्बरको रातोकालो पल्सर मोटरसाइकल चोरी भएको हो । मंगलवार करिब दिउँसो ३ः३० बजे तिर चोरी भएको वडाध्यक्ष मुसलमान ले बताउनु भयो ।
उहाँका भाई समीम मुसलमान कार्यालय सम्बन्धी काम को लागि घरेलु तथा साना उद्योग कार्यालयमा जानुभएको थियो ।
