चाडपर्व सम्बन्धी त्रुटिपूर्ण सूचना प्रति आपत्ति प्रकट गर्दै हिन्दू महासंघ द्वरा जिल्ला प्रमुख पौडेललाई ज्ञापन

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता
कपिलवस्तु , आसोज २२ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरिएको सूचना त्रुटिपूर्ण र हिन्दू आस्था माथि प्रहार गरिएको भन्दै नेपाल विश्व हिन्दू महासंघ कपिलवस्तुले ज्ञापन पत्र बुझाएको छ ।

नेपाल विश्व हिन्दू महासंघ कपिलवस्तुले बिहिवार जिल्ला प्रशासन कार्यालय प्रमुख दीर्घनारायण पौडेललाई ज्ञापनपत्र बुझाइए को नेपाल विश्व हिन्दू महासंघ कपिलवस्तु का जिल्ला अध्यक्ष उदयभान यादव ले जानकारी दिनुभएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मिति २०७७ आसोज १९ गते जारी गरिएको सूचना हिन्दूहरूको चाडपर्बलाई लक्षित गरिएको अध्यक्ष यादवले बताए।

दशै प्रारम्भ हुन केहि दिन अगावै मात्र कुनै किसिमको मूर्ति नबनाउने र बिसर्जन नगर्ने साथै बाजागजा समेत नबजाउने भनी जारी गरिएको सूचना अत्यन्त त्रुटिपूर्ण र हिन्दू आस्था माथि ठुलो प्रहार हो भन्ने नेपाल विश्व हिन्दू महासंघले ठहर गरेको जिल्ला प्रवक्ता मोतीलाल मिश्र ले बताउनु भयो।

हजारौं मूर्तिकारले करोडौं खर्च गरी दशैका लागि मूर्ति तयार पारीसकेको खण्डमा १२ दिन मात्र दशै बाकी रहेको बेलामा प्रशासन बाट यस्तो सूचना जारी हुनु भनेको ती सबै मूर्तिकार लाई प्रत्यक्ष रुपमा धरासाही बनाउनु हो भन्ने कुरा नेपाल विश्व हिन्दू महासंघ लुम्बिनी प्रदेशका महासचिव निरञ्जन यादव ले बताउनु भएको छ। उनले भने “विश्वब्यापी “कोभीड़-१९” को यस महामारी बाट जोगिन सुरक्षा नीति अपनाउनु स्वाभाविक हो।” सुरक्षा मापदण्ड अनुसारको नीति अवलम्बन गरी धार्मिक र साँस्कृतिक कार्यहरू गर्नु पर्दछ भन्ने हाम्रो मूल मान्यता रहेको प्रदेश सचिव यादवले बताउनु भएको छ।

sahani furniture udyog

जिल्ला प्रशासन कार्यालय ले उक्त त्रुटिपूर्ण निर्णयलाई सच्याई सुरक्षा को मापदण्ड अपनाई धार्मिक र साँस्कृतिक कार्यहरु सामाजिक दुरि बनाइ गर्न पाइने सहज बातावरण मिलाई दिन नेपाल विश्व हिन्दू महासंघ कपिलवस्तु शाखाले अनुरोध गरेको छ।

हाम्रो मागलाई बेवास्ताा गरेमा नेपाल विश्व हिन्दू महासंघले जिल्लाभरी चरणबद्ध बिरोध कार्यक्रम गर्न बाध्य हुने छ भन्ने कुरा ज्ञापन पत्र द्वारा जनाएका छन ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.