

शहबाज खान
कपिलवस्तु / कृष्णनगर नगरपालिकाले यो बर्ष ठूलो मात्रामा नगरपालिका अन्तर्गतका कृषकहरु लाई रिसर्च गहूं को बिउ बितरण गरि रहेको छ। कोरोना भाइरस बाट बेरोजगार भई घरमा बसेका कृषकहरुको लागि ठूलो सहयोग स्वारुप रहेको छ। नगरपालिकाले कृषकहरुलाई ७५% अनुदानमा बिउ वितरण गरि रहेको छ । कृषक समूह र वडा मार्फत उन्नत जातका विजय नामक गहूं कुल ३०लाख बराबर र ५३२ बोरी ( प्रति बोरी ४० किलो ) लगभग १९० हेक्टेयरमा पुग्ने बिउ वितरण गरि रहेको कुरा कृषि अधिकृत सुदीप मौर्याले बताएका छन।
तराईका किसानले कार्तिक अन्तिम हप्ता देखि मन्सिर पहिलाे हप्ताकाे समयमन गहुं बिउ छर्ने गरेकाे हुनाले अहिले बिउ वितरण गरेकाे ठिक समय रहेकाे नगर कृषि संयाेजक चन्द्रराम चाैधरीकाे भनाई छ। नगरपालिकाले सहि समयमा बिउ उपलब्ध गराएको मा कृष्णनगर वडा नं. १० का कृषकहरु इस्हाक मियाले नगरप्रमुख , उपप्रमुख र वितरण गर्ने समयमा सहयोग पुराउने सबै कर्मचारी र कृषि शाखा लाई धन्यवाद समेत व्यक्त गर्दै भने कि कृषि पेशा सब भन्दा उत्तम पेशा हो आजको समयमा कृषिमा लाग्न धेरै सजिलो र लाभकारी रहेको छ । तर समय समयमा मल खाद्य, फसलमा लाग्ने रोगहरुको उपचार र सिंचाईको राम्रो ब्यवस्था नहुदा हामी किसान सदैव मर्का मा परेका छौ।
अहिले हामी गहूंको फसल लगाउदै छू तर हामी लाई चाहिने मल खाद्यको उपलब्धता छैन यदि हामी छिमेकी राष्ट्र भारत बाट मल खाद्य ल्याएर फसल लगाउछू भने सिंचाईको व्योस्था नरहेको ले हामी अकाशे पानीको भरमा लगानी गरि रहेका छू।यो ठूलो समस्याको समाधान नभयेको ले धेरै जसो कृषकहरुले कृषि पेशा नै छोडेका छन। यो समस्या को समाधान कहिले हुन्छ भन्दै वहाले चिंता समेत जनाएका छन।
