तनविर रेजा राइनको नेपाली रेप गीत

0
Quantam abroad studies

शीर्षक :- लप लप लप लुट्यो मेरो देश

अनेक थरी भाषा हाम्रो देशको नाता !
फल्ने फुलाउने हाम्रो देशको गाथा !!

युवालाई देशको विकास गर्न लगाउ !
भ्रष्ट मन्त्री सन्त्रीलाई लखेटेर भगाउ !!

लप लप लप – लुट्यो मेरो देश….

भ्रष्ट नेता भित्र किन पापको खानी !
समृद्धिको नाममा लुटलुट्ने बैमानी !!

अब चल्दै चल्दैन भ्रष्ट नेताबाट देश !
चुप बस्न सकिन तिमी बनाउने देश !!

लप लप लप – लुट्यो मेरो देश….

जातको राजनीति गरि यो पुग्छ सत्तामा !
हाम्रो देशको बिक्ने यो पत्रकार पैसामा !!

जब द्वन्द्व फैलाउछ पत्रकार बस्छ चुपचाप !
हामी नेतृत्व गर्ने युवा कसरी बस्ने चुपचाप !!

लप लप लप – लुट्यो मेरो देश….

फुटानी लाउँछौ मधेसी पहाडी हिमाली !
तिम्रो यो खोक्रोवादी जाने हामी नेपाली !!

देशको गरिबी हटाउने न्युजमा भाषण हान्ने !
देश खाएर डलर छाप्ने मात्र यो पेट बनाउने !!

लप लप लप – लुट्यो मेरो देश….

लेखक :- तनविर रेजा राइन
अनेरास्ववियू विद्यार्थी नेता

Leave A Reply

Your email address will not be published.