

कपिलवस्तु , कार्तिक ३०
महाकाल सामाजिक संस्था कपिलबस्तुका पदाधिकारीद्वारा माँ लक्ष्मीको मुर्ति स्थापना भएको ठाउँमा भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ । जिल्लाको बिभिन्न पालिकामा भेटघाट र शुभकामना आदान प्रदान गरिएको हो ।
जिल्लाको बिजयनगर, महाराजगंज, शिवराज र कृष्णनगर नगरपालिका / गाउँपालिकाको विभिन्न स्थानमा स्थापित माता लक्ष्मीको दर्शन गरी शुभकामना अदान प्रदान गरिएको महाकाल सामाजिक संस्थाका सचिव जितेन्द्र मौर्यले जानकारी दिनुभएको हुन् ।
हाल विश्वभर महामारीको रुपमा फैलिएको कोभिड -१९, कोरोना भाइरसलाई मध्यनजर गर्दै सुरक्षित रुपमा रहि सामाजिक दूरी तथा भौतिक दुरी कायम गरी भिडभाड नगरौ, माक्सको अनिवार्य प्रयोग गरौ र जिल्ला प्रशासन कार्यालय कपिलवस्तु द्वारा जारी भएको निर्देशनलाई पालन गरी शुभ तिहार र छठ पर्व मनाउन सबैमा अनुरोध गर्दै संस्थाका अध्यक्ष धर्मराज विश्वकर्माले शुभकामना सहित दिनु भएको छ ।
साथै आजको यस शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा क्षेत्रिय अध्यक्ष अंकित शुक्ल, उपाध्यक्ष देवराज चौधरी, बिजयनगरका देबेन्द्र मणि त्रिपाठी, आन्नद शुक्ल लगायत बिभिन्न पदाधिकारीहरूको उपस्थित रहेको थियो ।
