जसपाका युवाहरु द्वारा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम

0
Quantam abroad studies

मङ्सिर-३ बुधबार

राजविराज
सप्तरी जिल्लाका जिल्ला बिकास हलमा जनता समाजवादी पार्टी नेपालको युवाहरु द्वारा आयोजित बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम जिल्ला समन्वय समितिको हल मामङ्सिर ३ गते बुधबार सम्पन्न भएको छ ।

जसपा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिब ४ सय युवाहरु जसपामा प्रवेश गरेको युवा नेता सत्येन्द्र यादवले बताए ।

sahani furniture udyog

बडा दशैं, शुभ दिपावली तथा महान छठी पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा जसपा नेपालको विभिन्न तहका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

समाजवादी युवा संघको जिल्ला संयोजक शिवम यादवको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन युवा नेता सत्येन्द्र यादवले गरेका थिए।


कार्यक्रमको अतिथिहरुमा राष्ट्रयसभा सांसद मृगेन्द्र सिंह यादव, शेखर कुमार सिंह, केन्द्रिय सदस्य रेणु यादव, बोदे बर्साइन नगरपालिकाका मेयर आतेश सिंह यादव लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.