

कमलेश चन्द्र गुप्ता
कपिलवस्तु , मांसिर ४ ।
कालिका स्वावलम्बन सामाजिक केन्द्र / सुआहारा दोस्रो कार्यक्रमले कृष्णनगर नगरपालिकाका ११४ महिला स्वास्थ्य स्वयंसेविकालाई पुग्ने गरी माक्स र सानिटाइजर सहयोग गरेको छ ।
भिटामिन “ए” कार्यक्रमलाई लक्षित गरी माक्स र सानिटाइजर कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा मार्फ़त सहयोग गरेको हो । २०७७ मंसिर ११ र १२ गते राष्ट्रीय भिटामिन “ए” जुकाको औषधि र वाल भिट्टा वितरण कार्यक्रमलाई सफल पार्नको माक्स र सानिटाइजर नगरपालिकाका स्वास्थ्य शाखाका नबीन प्रसाद डांगीलाई आज हस्तन्तरण सुआहारा कार्यक्रमका पालिका पोषण सहजकर्ता पृथीपाल तेलीले गरेका हुन । सो हस्तन्तरण कार्यक्रममा कर्मचारी तथा संचारकर्मीहरु को उपस्थिति थियो ।
